नेकपा सचिवालयमा ओली–प्रचण्डको प्रस्तावमाथि छलफल सुरु, बिवाद मिलाउन आयो यस्तो बिकल्प

 न्यूज विराट
नेकपा सचिवालयमा ओली–प्रचण्डको प्रस्तावमाथि छलफल सुरु, बिवाद मिलाउन आयो यस्तो बिकल्प

काठमाडौं, मंसिर १६-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले राख्नुभएको प्रस्तावमा आजबाट औपचारिक छलफल अघि बढेको छ ।

आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीबिरुद्ध आरोप लगाउँदै प्रचण्डले राख्नुभएको प्रस्ताव र प्रतिउत्तरमा ओलीले राख्नुभएको प्रस्तावमाथि केन्द्रित रहेर औपचारिक छलफल अघि बढेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार आज अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो थप धारणा राख्नुभएपछि सचिवालयका सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम अघि बढेको छ । बैठकमा धारणा राख्ने नेताहरुले औपचारिकसँगै नेताहरुबीच अनौपचारिक संवादसमेत आवश्यक रहेको औल्याएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

‘दुवै प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ, पार्टीको संकटद समाधानको सन्दर्भमा प्रस्तुत दुवै अध्यक्षको प्रस्तावमाथिको छलफल जारी छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘अनौपचारिक छलफलसमेत अगाडि बढाउनु पर्छ भन्ने बैठकले ठानेको छ, त्यसक्रममा अनौपचारिक छलफल र संवाद पनि अघि बढाइने छ ।’ प्रवक्ता श्रेष्ठका अनुसार बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित समाचार

मोहनअधिकारीको शब्द र कमल खत्रीको स्वरमा ‘म तिम्रै हुँ’

मोहन अधिकारीको शब्द रचना र कमल खत्रीको स्वर रहेको गित सार्बजनिक भएको छ । लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका अधिकारीको शब्दमा खत्रिले स्वर दिएको गित ‘म तिम्रै हुँ’ को लिरिकल भिडियो सार्वजनिक भएको हो...

भव्य भयो विराटनगरमा रथयात्रा (फोटो फिचर)

विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा बिहीबार ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा भव्य निकालिएको हो । खटयात्रालाई २०२५ सालबाट भगवान राधाकृष्ण रथयात्रा महोत्सवको रुपमा महानगरवासीले मनाउँदै...

विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा भेटिए

विराटनगर, ५ वैशाख । विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । आइतबार शनिबार साँझदेखि हराइरहेका विराटनगर–८ हाटखोलाका ७ वर्षीय उलब बस्नेत मृचत अवस्थामा फेला परेका हुन् । केही साथीहरुसँग खेल्ने क्रममा...

सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी

काठमाडौं, १८ जेठ-कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको राजस्व सामान्य अवस्थामा पनि उठ्न नसक्ने दाबी गरेका छन् । आइतबार बजेटमाथिको छलफलमा चौधरीले चालू वर्षमा १० महिना पूर्ण रूपमा...

बथनाह–कटहरी रेल्वे मार्गको काम अन्तिम चरणमा

विराटनगर, ८ साउन । भारतको बथनाहदेखि विराटनगरसँगै जोडिएको मोरङको कटहरीसम्म रेल्वे मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रेल्वे मार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ । दुई मुलुकबीचको प्रशासनिक काम...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

पृथ्वीजयन्तीमा विराटनगरमा राप्रपाको र्याली

विराटनगर । पृथ्वीजयन्तीका अवसर पारेर  विराटनगरमा र्याली निकालेको छ । राप्रपा मोरङले विराटनगरमा आज र्याली निकालेको हो । राप्रपा जिल्ला अध्यक्ष गोपाल कटवालको अध्यक्षतामा र्याली निकालेको जिल्ला प्रवक्ता सन्जय विक्रम अधिकारीले जानकारी दिए । र्यालीले...

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने दिन एमाले र राप्रपाका ८ जना ज्येष्ठ सांसद अनुपस्थित रहने

विराटनगर । सरकार बनाउने र ढाल्ने खेल चलिरहेको कोशी प्रदेशमा पुनः त्यस्तै खेल दोहोरिने निश्चित भएको छ। सरकार बनाउन यसअघि सत्ता गठबन्धनले खेलेको खेल आइतबारबाट मुख्य विपक्षी नेकपा एमाले र राप्रपाले दोहोर्याएका छन् । सोमबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्