विराटनगर, १५ मंसिर–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनको पहिलो प्रस्तावनै प्रदेश नामांकनको विषय हुने बताएका छन् । उनले आगामी हिउँदे अधिवेशनले प्रदेश १ को नाम टुङ्गो लगाउने दावी गर्दै अधिवेशनको पहिलो प्रस्तावनै नामांकनको विषय रहने बताएका हुन् ।
सुनसरीको इटहरीमा १५ शैय्याको अस्पताल शिलान्यास गर्न पुगेका मुख्यमन्त्री राईले स्थानीय, प्रदेश, र संघीय सरकार विकास निर्माणमा दत्तचित्त भएर लागिपरेको बताउँदै उनले अब समृद्धिको युग सुरु भएको दावी गरे ।
अबको समय स्मार्ट र अग्र्यानिक सिटिको भएकाले प्रदेश सरकार सोही अवधारणा अनुसार अघि बढेको बताए । प्रदेश १ को राजधानी इटहरीलाई बनाउन नसकेको स्मरण गर्दै उनले राजधानी सँग जोडिने पालिकामै प्रदेशका विभिन्न संरचनाहरू बनाउने तयारी गरेको बताए ।