सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

 न्यूज विराट
सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

काठमाडौं, १४ मंसिर-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो ।

नेपालमा भ्रष्टाचार बढ्दै गएको भन्ने ट्रान्सपरेन्सीको रिपोर्ट कुनैपनि तथ्यबाट प्रमाणित नहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । ट्रान्सपरेन्सी इन्टरनेशनलले नै सन् २०१८ मा भन्दा २०१९ मा नेपालको अवस्थामा सुधार भएको रिपोर्ट सार्वजनिक गरेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्धमा लागेको सरकार र प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गर्ने आधार के भन्दै प्रश्न गरे ।

‘भ्रष्टाचारको विरुद्धमा लागेको सरकार र प्रधानमन्त्री नै भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्रीले संरक्षण गरे भन्ने आधार के ? प्रमाणित कसरी हुन्छ ? यो तथ्यहिन र राष्टनीतिक पूर्वाग्रहबाट भएको हो भन्ने देखिन्छ’ उनले भने । ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीले संरक्षण गरेको आशय व्यक्त गरेको थियो ।

८४ प्रतिशत उत्तरदाताले विकासको काममा भ्रष्टाचार बाधक भ्रष्टाचार रहेको देखाउनुले पनि नेपाली जनता भ्रष्टाचारप्रति सचेत र जानकार छन् भन्ने देखाएको उनले बताए । ‘नेपालमा झण्डै तीन करोडमा १ हजारलाई टेलिफोनबाट जिज्ञासा लिएको छ । ती भनेको सरकारको विरुद्धमा, सरकारको प्रगति नचाहाने, सरकार विरोधी गतिविधिमा लागेका व्यक्तिहरूबाट लिएको छ,’ उनले भने, ‘६२ प्रतिशत उत्तरदाताले सरकारको भ्रष्टाचार नियन्त्रण गर्ने निकायको प्रभावकारी तर अभियानमा राम्रो कदम लिएको भन्ने उल्लेख छ ।’

सरकारविरुद्धका मिसनका रूपमा लागेर नेपाली जनता र सरकारलाई बदनाम गर्ने र सरकारप्रति वितृष्णा फैलाउने काम भएको बताए । ट्रान्सपरेन्सीको नेतृत्वकर्ता नै फरक राजनीतिक पृष्ठभूमि र राजनीतिक ब्राण्ड भएको व्यक्ति भएकाले पनि प्रतिवेदनमा शंका गर्ने ठाउँ रहेको उनले बताए ।

सम्बन्धित समाचार

लिपुलेक/कालापानीबारे सरकार सजग छः परराष्ट्रमन्त्री ज्ञवाली

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले २ मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक/कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज...

विराटनगरको कलश फर्माको सेवा चौबिसै घण्टा, डिडिएमा दर्ता भएका सबै औषधी पाइने

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको ‘कलश फर्मा’ले चौबिसै घण्टा सेवा विरामीलाई दिने भएको छ । गणेश थापाले संचालन गरेको उक्त औषधी पसलले विरामीलाई चौबिसै घण्टा सेवा दिने भएको हो । स्वास्थ्य उपचार गरेका विरामीहरुले...

गुणस्तरीय शिक्षामा अब्बल कान्तिपुर, १३ सय बढी विद्यार्थीले दिए परीक्षा

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भिड लागेको छ । कलेजले मङ्गलवार लिएको प्रवेश परीक्षा विद्यार्थीको उल्लेख नय भिड देखिएको हो । विज्ञान...

नेपाल यादव सेवा समिति गठन, सभापतिमा मुगालाल

विराटनगर । नेपाल यादव सेवा समिति गठन मोरङ गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उक्त समिति गठन गरेको हो । समितिको सभापतिमा मुगालाल यादव, उपसभापतिमारमानन्द यादव, सचिबमा प्रमोद कुमार यादव, सहसचिबमा...

मुम्बईबाट आएका रतुवामाईका एक युवामा कोरोना पुष्टि

विराटनगर, जेठ ५–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाईका युवकमा कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा....

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्