मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल

 न्यूज विराट
मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् ।

प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आज देखि हाम्रो पक्षविपक्ष भन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउँनेछौं भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने वकालत हामीले गर्नेछौं । मेरो जीत भनेको सम्पूर्ण व्यवसायी साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’

महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् ।

यस्तै एसोसिएटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिएका छन् । उनले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

जिल्ला नगर तर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैंमा सबल र सक्षम बनाउनुका साथै व्यवसायिक ज्ञान वृद्धि लगायतमा आफ्नो पहल हुने बताए । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्नेतर्फ आफ्नो प्रयास हुने उनले उल्लेख गरे ।

वस्तुगत तर्फको उपाध्यक्षमा विजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाए । उनले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए ।

उनले भने, ‘कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबैभन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ । सरकारसँग सीमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्‍यो । लगानी सुरक्षा हुनुपर्‍यो । सम्पूर्ण वस्तुगत संघहरु र सम्पूर्ण उद्योमी व्यवसायीको  समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्न तर्फ अगाडि जाने हो ।’ महासंघमा वस्तुगततर्फ १ सय १ र जिल्ला तथा नगरमा १ सय ५ र एशोसिएटतर्फ ९ सय ३ मतदाता थिए ।

सम्बन्धित समाचार

घनश्याम भुषाल भन्छन्ः कृषि मन्त्रालयमा नापी शाखा

काठमाडौं, १२ असार-विभिन्न संचारमाध्यमले कृषि मन्त्रालयको नापी शाखाको हवाला दिदै चीनले नेपालको ११ स्थानमा सीमा मिचेको फेक समाचार यतिवेला चर्चामा छ । मुलधारका संचारमाध्यमलेसमेत प्राथमिकताका साथ कृषि मन्त्रालयको नापी शाखाको हवाला दिदै समाचार लेखेपछि कृषि...

मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री आचार्य

विराटनगर, ११ भदौ । बिहीबार मुख्यमन्त्री पदको शपथ लिइ कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । मुख्यमन्त्री बनेको भोलिपल्ट नै उनले केही मन्त्री नियुक्त गर्न लागेका हुन् । स्रोतका...

विराटनगरका साहित्यकार भैरोदान सुरानालाई भव्य सम्मान

विराटनगर । विराटनगरका अग्रज साहित्यकार ८८ बर्षिय भैरोदान सुरानालाई सम्मान गरिएको छ । एकै दिन दुई संस्थाले घरमा पुगेर सुरानालाई सम्मान गरिएको हो । सुरानाले नेपाली तथा मारवाडि भाषा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै...

पत्रकार निरौला र सरदार पुरस्कृत

विराटनगर । पत्रकार कल्याण कोष मोरङले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष तथा निरौला बिबिसी नेपाली सेवा र उद्घोष दैनिकका समचार सम्पादक विक्रम निरौला र महासंघ कार्यसमिति सदस्य उषा...

महिला क्रिकेटमा इलाम र मोरङ फाइनलमा

विराटनगर । तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा इलामले सिरहालाई ४...

कस्तो बन्छ कोशीको पाँच सय शैय्याको मेडिकल भवन ?

विराटनगर । आठ तलाको बन्न लागेको विराटनगरस्थित कोशी अस्पतला भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो ।उक्त भवनको शिलन्यास बिहीबार सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले संयुक्त रूपमा...

देउवाको दावी नै अवैधानिक, यस्तो छ संबिधानमै किटानी ब्यवस्था

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बुझाएको सांसदको हस्ताक्षर नै अबैध रहेको देखिएको छ । आफ्नो पक्षमा बहुमत सांसद पुगेको भन्दै देउवाले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावीसहित हस्ताक्षर बुझाए पनि सो बहुमत...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्