संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी

 न्यूज विराट
संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं, १२ मंसिर-संसदको हिउँदे अधिवेशन बोलाउने तयारी सुरु भएको छ । संविधानअनुसार अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बसिसक्नुपर्ने हुन्छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले सरकारले अधिवेशन बोलाउन गृहकार्य गरिरहेको जानकारी दिइन् ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य मापदण्ड पूरा गरेर अधिवेशनको गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  एक अर्को प्रसंगमा सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनु पर्नेमा जोड दिए । प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उनको भनाइ छ ।

सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए । उनले संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने धारणा राखे । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताए । उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार

कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

एजेन्सी, साउन २९-कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका...

विराट मोडेल कलेजमा विद्यार्थी बिदाई र स्वागत एउटै मन्चमा

विराटनगर । विराटनगर – ९ मा रहेको विराट मोडेल कलेजले स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बिहीबार एउटै मन्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको हो । बिबिएस...

सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ...

औषधि व्यवसाय संकटमा, तत्काल सुधारको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (NCDA) मोरङ शाखाले औषधि व्यवसायमा गहिरो संकट उत्पन्न भएको भन्दै तत्काल सुधारको माग गर्दै एक विज्ञप्ति जारी गरेको छ। संघले औषधि व्यवसायको ५२ वर्षे इतिहासलाई स्मरण गर्दै, अहिलेको आर्थिक...

स्थानीयलाई नै विकासको जिम्मेवारी दिन आवश्यक छ:प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरूलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् । उनले विकास निर्माणको...

चितवनका कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ

चितवन, १२ वैशाख-भरतपुर अस्पतालमा उपचाररत २ कोरोना सङ्क्रमितमध्ये १ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ देखिएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का...

भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।...

३ जिल्लामा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्दै

काठमाडौं, २४ साउन-आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा १ महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/७८ मा नै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्