पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

विराटनगर, १२ मंसिर–प्रदेश १ मा शुक्रबार २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा छ, खोटाङमा दुई, उदयपुर र धनकुटामा एक÷एक र प्रदेश १ बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०÷१०, मेचीनगरमा नौ, बुद्धशान्तिमा तीन, गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी, अर्जुनधारा, झापा गाउँपालिकामा दुई÷दुई, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका एक÷एक, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचामा आठ, पथरीशनिश्चरे र बेलबारीमा पाँच÷पाँच, उर्लाबारीमा चार, रतुवामाईमा तीन, मिक्लाजुङमा दुई, कटहरीमा एक, सुनसरीको धरानमा १३, इटहरीमा आठ, इनरुवा र बराहक्षेत्रमा छ÷छ, रामधुनी र दुहवीमा एक÷एक जनामा संक्रमण देखिएको छ ।

उता संखुवासभाको खाँदबारीमा आठ, सभापोखरी र स्थानीयतह नखुलेका एक÷एक, इलामको सुर्योदय र माईजोगमाईमा दुई÷दुई, चुलाचुली र मांसेबुङमा एक÷एक, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका एक÷एक, उदयपुरको रौतामाईमा एक, धनकुटामा एक र प्रदेश १ बाहिरका नौ जनाको रिपोर्ट पाजिटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ७९ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार १ सय ८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १७८, विराट मेडिकल कलेजबाट आठ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट एक÷एक जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ६ सय ७९ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ९ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र १ सय ३१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ८८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् ।मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

भैँसेपाटीमा प्रचण्ड र वामदेवबीच १ घण्टा छलफल

काठमाडाैं, २० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रचण्डले छलफल गरेका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणी...

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले...

गुमेको भूभाग फिर्ता लिने प्रकियाको नयाँ चरणमा आयौँ : प्रचण्ड

काठमाडौं, ३१ जेठ-सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुमेको भूभाग फिर्ता लिने सम्वन्धमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । शनिबार नेपालको गुमेको भू-भाग राखेर निशान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधनको दोस्रो...

बालबालिकालाई स्कुल ब्याग वितरण

विराटनगर, ३० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । एनआईसी एसिया बैंकको सहयोगमा क्लबले एक कार्यक्रमकाबिच विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो...

धनगढीकी कोरोना संक्रमितको अनुभवः ‘शारीरिक भन्दा मानसिक पीडाले धेरै दुःख दियो’

धनगढी, २१ वैशाख-कोरोना भाइरसबाट संक्रमित भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका ५ जनामध्ये ४ जना निको भएर घर फर्किसकेका छन । तर, परिवारकै सदस्यबाट संक्रमण सरेर २८ दिनअघि अस्पताल भर्ना भएकी धनगढीकी १ महिलाको...

सेना परिचालन गर्दै सुनसरीमा निषेधाज्ञामा कडाइ

विराटनगर, १ जेठ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा थप कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख शहरहरूमा सेना परिचालन गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्