जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक

 न्यूज विराट
जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक

काठमाडौं, ४ मंसिर-गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो ।

लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए । ‘यो कति अति सजिलो ढंगले लेखिएको छ । सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनले भने, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ ।’

संसारमा नेपाली कहाँ-कहाँ पुगेका छन्, उनीहरू कुन अवस्थामा कसरी बसेका छन्, त्यो चिज थाहा पाउनमा लामिछानेको ठूलो चाख रहेको संग्रौलाले बताए । ‘कुनै देशको कुनाकानीमा नेपालीले सानो उद्यम गरेको छ भने त्यो देखेर उहाँ अत्यन्त प्रसन्न हुनुहुन्छ, हरेक नेपालीको प्रगतिलाई उहाँले आफ्नो र देशको प्रगति ठान्नुहुन्छ,’ उनले भने, ‘समयसमयमा उहाँ कुनै नयाँ ठाउँमा जानुहुन्छ, त्यसबारेको जानकारी टपक्क टिपेर सजिलो किसिमले लेखिदिनुहुन्छ ।’

उद्योग व्यवसायमा विशेष रुचि राख्ने लामिछानेको यो कृति विषयको नवीनता, क्षेत्रको नवीनता र पहुँचको नवीनताका दृष्टिबाट उदाहरणीय रहेको उनले बताए । ‘कोरोनाले तनावग्रस्त भएको मानिसलाई आनन्द प्रदान गर्न यो कृति सक्षम छ,’ संग्रौलाले भने ।

शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेले बताए । यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने उनको भनाइ छ । ‘संसार घुम्न चाहनेहरूका लागि यो किताब पथप्रदर्शक हो,’ उनले भने, ‘विकासप्रेमी एवं राजनीतिज्ञका लागि यसले आफ्नो देश बनाउन मार्गप्रशस्त पनि गर्छ ।’

यो किताबमा विभिन्न किसिमका युद्ध र द्वन्द्वका कारण ध्वस्त भएर पनि त्यहाँबाट माथि उठेर विकसित भएका अफ्रिकी देशहरूको कथा छ । साथै अन्य विभिन्न देशका संस्कृति एवम् रहनसहन, भूगोल आदि विषयमा पनि सरल र सरस किसिमले प्रस्तुत गर्नु यो कृतिको विशेषता रहेको उनको भनाइ छ । यहाँका प्रत्येक नियात्रामा लेखकले आफ्नो देश सम्झेका छन् । ‘त्यसको लक्ष्य आफ्नो देशका नेताहरूलाई विकासको नमुना देखाउनु हो,’ न्यौपानेले भने ।

किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने फाइनप्रिन्टका सहसंस्थापक निरज भारीले बताए । ‘विश्व धेरै रङरूपले भरिपूर्ण छ । बहुआयामिक पनि छ,’ उनले भने, ‘विभिन्न देश अनि ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ ।’ घुम्ने संस्कृति विकास हुँदै गरेको नेपालमा यो पुस्तकले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनले बताए । आफू जान नपाए पनि विभिन्न ठाउँबारे बुझ्न पनि यसले सघाउने उनको भनाइ छ ।

जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए । ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ लेखक स्वीकार्छन्, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ ।’

डायरी लेख्ने बानी अनि केही रहर र केही लहडले जन्मिएको पहिलो पुस्तकबाट पाएको मायाले आफूलाई पुलकित बनाएको र लेखिरहने ऊर्जा थपिएको उनको भनाइ छ ।  कतै कुनै दृश्यले लोभ्याएर पुगेका बेला र कतै छुट्टी मनाउने उद्देश्यले घुम्न गएका बेला प्रत्येक यात्राका पृथक भोगाइ, अलग सिकाइलाई आफूले पुस्तकमा समेटेको लामिछानेले बताए ।

सम्बन्धित समाचार

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका...

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

हुम्लामा ६८ जनाको आरडीटी, सबैको रिपोर्ट नेगेटिभ

हुम्लाका ४ गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्‍यपिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले शंकास्पद ६१ पुरुष र ७ महिलाको द्रुत...

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग

काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ (पृथ्वी जयन्ती) मा...

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

सप्तकोशीको कटानबाट प्रभावितलाई स्थानान्तरण गर्नू:गृहमन्त्री खाण

उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सप्तकोशीको...

पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम, गर्भवतीको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्