तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन

 न्यूज विराट
तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन

काठमाडौं, ४ मंसिर-तीन ठूला सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारीस्वरूप नेपाल पत्रकार महासंघले आज विभिन्न संघसंगठनसँग राय सुझाव लिएको छ । महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका सञ्चालकको घर घेराउ, सञ्चारगृहमा तालाबन्दीदेखि श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनका लागि सरकारी निकायलाई समेत चर्को दबाब दिनुपर्ने सुझाव दिएका छन् ।

महासंघले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरूको स–सम्मान पुनर्वहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन आन्दोलन गर्दै आएको  छ  ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई वार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नु परेको जानकारी दिँदै छठ पर्वलगत्तै तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन गरिने बताए ।

प्रेस संगठनका संयोजक महेश्वर दाहालले सञ्चारगृहका सञ्चालकले एक दिनको घाटालाई हेरे पत्रकारको पारिश्रमिक रोक्न नहुने भन्दै श्रमिकले विगतको नाफा खोज्ने बेला आएको बताए ।

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारको पेशागत सुरक्षाका सवालमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्दा पत्रकारहरु आन्दोलित बन्नुपरेको बताए । महासंघका सचिव तथा श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालले श्रमजीवी पत्रकारका माग पुरा नगर्ने तीन ठूला सञ्चारगृहका सञ्चालकको घर घेराउ गर्न संगठनले दिएको सुझाव कार्यान्वयन गरिने बताए । महासंघका सचिव लक्ष्मी पुन र शितल महतोले महासंघको आगामि आन्दोलनका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, क्रान्तिकारी पत्रकार महासंघका सचिव रनसुर महतारा, मधेशी पत्रकार समाजका  अध्यक्ष मोहन सिंह, प्रगतिशील पत्रकार संघका निवर्तामान अध्यक्ष नारायण शर्मा, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैशीले महासंघको आन्दोलनमा साथ र सहयोग रहने बताए ।

सम्बन्धित समाचार

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, भोली १ बजे शपथ लिने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार दिउँसो १ बजे लिने छन्...

अख्तियारका प्रमुख घिमिरेमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।  सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण...

राष्ट्रिय जनगणना:मोरङमा परिवारको सूचीकरण कार्य शुरु

विराटनगर, ५ असोज । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ। प्रदेश जनगणना कार्यालय...

बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने पुटिनको घोषणा

एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता, वाइआरसिसि सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै...

अतिरिक्त क्रियाकलापमा  पनि शिक्षादीप अब्बल : एन्जल र सुगम भए मावि स्तरीय निबन्ध प्रतियोगितामा प्रथम 

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा  समेत अब्बल साबित भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको शिक्षादीपले अतिरिक्त क्रियाकलापहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल...

जोगबनी नाकाबाट ८ हजार भित्रिए

विराटनगर, असार २५–नेपाल–भारतको विराटनगर–जोगबनी सिमानाका हुँदै हालसम्म ८ हजार बढी ब्यक्तिको आवागमन भएको छ । लकडाउन सुरु भएयता सो सिमा हुँदै ८ हजार ९३ जनाको आवागमन भएको छ । सो सिमानाका हुँदै हालसम्म ३ हजार...

प्रदेश २ को नामः मध्य मधेस पनि अस्वीकृत

कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो । सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्