विराटनगर, ४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ लसय ४०, मेची अस्पतालबाट सात, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, कोसी अस्पताल कोभिड१९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट चार÷चार जना डिस्चार्ज भएका हुन । योसँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार सात सय ८७ पुगेको छ ।
प्रदेश १ मा बिहिबार २ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६८, कानेपोखरीमा चार, उर्लाबारीमा दुई, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा एक÷एक र स्थानीय तह नखुलेका तीन जनाको रिपोर्ट पाजिटिभ आएको छ । सुनसरीको धरानमा २३, इटहरीमा २१, रामधुनीमा तीन, इनरुवा, दुहवी, भोक्राहानरसिंहमा दुई÷दुई र बराहक्षेत्रमा एक, झापाको दमकमा ११, विर्तामोडमा सात, मेचीनगर र झापा गाउँपालिकमा पाँच÷पाँच, भद्रपुर र कमल गाउँपालिकामा चार÷चार, हल्दिबारीमा तीन, कनकाईमा दुई, गौरादह, शिवसताक्षी र अर्जुनधारामा एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता पाँचथरको फिदिममा ११, संखुवासभाको खाँदबारीमा चार, इलामको इलाम नगरपालिकामा दुई र माईजोगमाईमा एक, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा एक÷एक, धनकुटा र भोजपुरमा एक÷एकध र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ३४ पुगेको छ ।
प्रदेश १ मा बिहिबा। ८ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र १ सय १९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ८१ हजार ३६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।