व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

 न्यूज विराट
व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

दार्चुला, २ मंसिर-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्गरु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा ५/६ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँसमेत परेको छ ।

हिउँ पर्न थालेपछि चिसो निकै बढेको व्यास– १ छाङ्गरुका योगेश बोहराले जानकारी दिए । ‘५/६ इन्च हिउँ गाउँमा जमेको छ । हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ,’ उनले भने ।

चिसो बढेसँगै तिङ्करवासी बुधबार खलङ्गा झर्दैछन् । गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् । छाङ्गरुको कुञ्चा भने यही १९ मंसिरमा मात्रै झर्ने तयारी भएको स्थानीयवासी बोहराले बताए ।

जिल्लाका व्यासी, सौका समुदाय सदरमुकाम खलङ्गा झर्ने तयारी गर्दैछन् । उनीहरू नेपाली भूमि होइन कि भारतीय बाटो भएर सदरमुकाम झर्ने तयारी गरेका हुन् ।  गत चैतदेखि नेपाल-भारत सीमा नाका बन्द छ । व्यासीहरू आफ्नै भूमि भएर खलङ्गा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलङ्गा झर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडासचिव विनोद बुढाथोकीले जानकारी दिए ।

गत जेठमा पनि व्यासीहरू भारतीय भूमि प्रयोग गरेर छाङ्गरु र तिङ्कर उक्लिएका थिए । सरकारले व्यासीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न बाटो बनाउन नसकेपछि उनीहरूले पुनःविदेशी भूमिको प्रयोग गर्नुपरेको हो । सरकारले व्यासको छाङ्गरु तिङ्करका नागरिकलाई आफ्नो भूमिमार्फत आवतजावत गराउन घाँटीबगरको ५५० मिटर घोडेटो बाटो निर्माण गर्‍यो । सो स्थानमा बाटो बने पनि त्योभन्दा अप्ठ्यारो ठाउँ रहेको तम्बाकु भीरमा बाटो बन्न सकेको छैन । स्थानीयवासीले अहिले पनि भारतीय बाटो प्रयोग गर्नुपरेको सचिव बुढाथोकीले बताए ।

छाङ्गरु र तिङ्कर गाउँमा बसोबास गर्ने व्यासी, सौका समुदाय मङ्सिरको पहिलो साताबाट खलङ्गा झर्ने तयारीमा छन् । सीमा रक्षक भएर बस्दै आएका दुवै गाउँका स्थानीय हिमपात र चिसो बढेसँगै बेँसी (सदरमुकाम खलङ्गा) झर्ने तयारीमा छन् ।

गत जेठ महिनामा व्यास उक्लिएका सौका समुदायका ६० परिवार पशु चौपायासहित यही ३ मंसिरमा औल अर्थात खलङ्गा झर्दैछन् । उनीहरू ८ मंसिरमा  मात्रै खलङ्गा पुग्नेछन् । यस्तै, १०५ परिवार १९ मंसिरमा व्यासबाट हिँड्ने तयारी गरेको जनाइएको छ ।  व्यासीहरू अहिले खेतीपाती लगाएर खलङ्गा झर्न थालेका हुन् । नेपालतिरको कल्जुदेखि तम्बाकु भीरसम्म बाटो अप्ठ्यारो छ । यो ठाउँमा पशु चौपायासहित कुञ्चा आउन सक्ने अवस्था नभएपछि भारतीय पक्षसँग समन्वय गरेर भारतीय बाटोको प्रयोग गर्दै खलङ्गा आउन लागेको उनले बताए ।

व्यासीहरू छाङ्गरुको गागाबाट सीता पुल पार गरेर खलङ्गा आउने छन् । भारतीय बाटो हुँदै खलङ्गासम्म पुग्दा पनि यात्रा भने त्यति सजिलो हुँदैन् । आफ्नो भूमि भएर बाटो नै बनाउन नसकेपछि स्थानीयवासीले फेरि पनि भारतलाई नै आग्रह गर्नुपरेको व्यासी बताउँछन् । उनीहरू छाङ्गरुबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचौँ दिन एलागाड हुँदै छैठौँ दिनमा सदरमुकाम खलङ्गा पुग्नेछन् । व्यासीको बसाइसराइलाई स्थानीय भाषामा कुञ्चा भनिन्छ ।

विगतमा नेपालतिर घोरटो बाटो राम्रो थियो । कैलाश मानसरोवर तीर्थ यात्रा जाने तथा तिब्बतको व्यापार गर्ने बाटो यही थियो । त्यो बाटो झण्डै २०५९/६० सालसम्म चल्यो । त्यसयता बनेका सरकारले लगानी लगाए तर बाटो बनाएनन् ।

बाटो निर्माण मर्मतको नाममा बर्सेनि बजेट खर्च भयो तर आउँदा जाँदा भारतकै भूमि प्रयोग गर्नुपर्छ । पछिल्लो समय पनि संघीय, प्रदेश सरकार, महाकाली नदी नियन्त्रण आयोजना र व्यास गाउँपालिकालगायतका कार्यालयबाट बाटोमा खर्च भइरहेको छ ।

समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको सो गाउँमा हिमपात हुने भएका कारण जाडो छल्न आउनुपर्ने स्थानीयवासीको बाध्यता छ । यहाँका स्थानीयवासी कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशु, खाने रासन, कपडा र भाँडाकुडासहित आउने गर्छन् ।

खेतीपाती लगाएर आएका व्यासी पुनः वैशाख, जेठमा खेतीपाती भित्र्याउन उक्लन्छन् । स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फाँपर, पल्ती र आलु जस्ता बाली लगाउने गर्छन् । यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेशा कृषि र व्यापार हो । व्यासको छाङ्गरु र तिङ्करमा मात्रै झण्डै हजार बढी मानिसको बसोबास छ । परापूर्वकालदेखि नै व्यासीहरूको दोहोरो बसाइँ हुँदैआएको छ । उनीहरूको घर, जग्गा जमिन सदरमुकाम खलङ्गामा समेत छ । उनीहरूले व्यासको छाङ्गरु, तिङ्कर जस्तै खलङ्गामा तिङ्कर, छाङ्गरुको बसाइँ छुट्टाछट्टै बसालेका छन् ।

फोन अवरुद्ध

दुई दिनदेखि परेको हिमपातका कारण व्यासको छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवा अवरुद्ध भएको छ । हिमपातले स्काइको टावर रहेको क्षेत्र ढाकेपछि फोन सेवा अवरुद्ध भएको हो । ‘दुई दिनदेखि फोन लाग्न सकेको छैन्’, स्थानीय योगेश बोहराले भने, ‘भायानेटमार्फत खलङ्गामा सञ्चार भइरहेको छ । टावर रहेको ठाउँमा हिउँले पूरै ढाकेको छ ।’ सोलारपाता नै ढाकिएपछि स्काइ फोन लाग्न सकेको छैन । यो क्षेत्रमा नमस्तेको टावर जडान भइरहेको छ । रासस

सम्बन्धित समाचार

सकियो अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनी, कुन विद्यालयले के पाए पुरस्कार ?

विराटनगर । अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनीको प्रथम विराटनगर २ मा रहेको सेन्ट म्यारिज स्कुल भएको छ । विराटनगर महानगरपालिकाले आइतबार आयोजना गरेको उक्त प्रर्दशनीमा विराटनगरका ३४ विद्यालयहरुलाई पछि पार्दै सेन्ट म्यारिज स्कुल प्रथम भएको...

विराटनगरको दक्षिणी क्षेत्र डुबानमा

विराटनगर, असार २८–केहिदिनयता परेको लगातारको बर्षापछि विराटनगरको दक्षिणीक्षेत्र जलमग्न भएको छ । केशलिया खोलाले धार परिर्वतनगरि बस्ती प्रवेश गरेपछि सो क्षेत्र जलमग्न भएको हो । लगाताको बर्षापछि केशलिया खोलाको जलस्तर बढ्दै गएर बस्ती प्रवेश गरेपछि...

भारतीय स्कारपियोबाट १ सय २० केजी गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियोबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । आज विहान २ बजे सशस्त्र प्रहरी बल मोरङले विराटनगर १ नोबेल डेरीबाट १ सय २० केजी गाँजा बरामद गरेको हो...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । क्लबले जहदा गाउँपालिकास्थित बुधनगर स्कुलमा अध्ययनरत छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । ...

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

एजेन्सी, २४ कात्तिक । सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने...

काँग्रेस विराटनगर ३ को सभापतिमा धमेन्द्र बानीया निर्वाचित

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं. ३ को सभापतिमा धर्मेन्द्र बानीया (धर्म) निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा २२६ मत ल्याएर धर्म सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदमा चार जनाको...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्