विराटनगर, १ मंसिर–प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३÷३, रंगेली र बेलबारीमा २÷२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १÷१ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४÷४, बर्जु र गढीमा १–१, झापाको कमल गाउँपालिकामा ६, दमक, अर्जुनधारा र गौरादहमा ५÷५, विर्तामोड र हल्दिबारीमा २÷२, गौरीगञ्ज, मेचीनगर, भद्रपुर र शिवसताक्षीमा १÷१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता उदयपुरको त्रियुगामा ६, बेलका र चौदण्डीगढीमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, , ताप्लेजुङको आठराई त्रिवेणीमा १, संखुवासभाको मादीमा १, ते¥हथुममा १, इलाममा १, खोटाङको साकेलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार २० पुगेको छ ।
प्रदेश १ मा आज १९७ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार १२८ पुगेको छ ।
प्रदेश १ मा आज ५८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार ९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।