अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छः ट्रम्प

 न्यूज विराट
अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छः ट्रम्प

एजेन्सी, २९ कात्तिक-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।  उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक कार्यक्रममा सो कुरा बताएका हुन् । उनले आफू हालैमात्र अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि पहिलो पटक सार्वजनिक रुपमा मन्तव्य दिएका हुन् ।

यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको बताएका थिए । उनले भने, ‘आगामी अप्रिल महिनासम्ममा सबै जना अमेरिकी नागरिकलाई यो खोप दिइने छ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिइने छ ।

त्यसपछि यहाँका वृद्धवृद्धाहरु र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए । पिफिजर कोभिड १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उनले बताए।

यसअघि पनि उनले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने बताउँदै आएका थिए ।  निर्वाचनमा आफ्नो पराजयपछि उनले यो सम्बोधन गरिरहँदा हालै निर्वाचन परिणामको बारेमा भने कुनै प्रतिक्रिया दिएनन् ।

सम्बन्धित समाचार

गुडिरहेको जिप पहिरोमा पुरियो, १ को मृत्यु, २ जना गम्भीर घाइते

गुल्मी, ७ असार-गुल्मीमा गुडिरहेको जिप पहिरोमा पुरिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो...

महिला क्रिकेट प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, कोरोना रिपोर्ट आउँदै

इलाम, १ भदौ-इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएर उनी ढलेका थिए ।...

कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गणना नगर्न दबाब

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले आज प्रदेश...

कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि...

एमसीसी सम्झाैता पढेको कोही भेटिनँ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) काे सम्झौता नै नपढी हल्लाको पछाडि लागेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘मान्छेहरूले पढे हुन्थ्यो नि लहैलहैमा लागेर हल्ला गर्नुभन्दा ।...

एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा (एमाले) को स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बसीरहेको छ । यसअघि शुक्रबार पनि सोही स्थानमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताका लागि गठित कार्यदलले...

नेपालमा थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्