प्रदेश १ मा ५ सय वेड थपिँदै

 न्यूज विराट
प्रदेश १ मा ५ सय वेड थपिँदै

विराटनगर, २५ कात्तिक–प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेको उनले बताए ।

प्रदेशस्तरीय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम मंगलबार मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको भन्दै प्रदेशभर ५ सय बेड विस्तार गर्ने तयारी गरिएको बताए ।

कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्था अनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन दिए । ‘ते¥हथुमको आठराई र विराटनगरमा संक्रमणको अवस्था फरक छ ।’ । मन्त्री घिमिरेले भने,‘अवको चुनौतिलाई सामना गर्न स्थान विशेषका आधारमा कोरोना नियन्त्रणको नीति बनाउन आवस्यक छ ।’

उनले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दापनि स्थानीय स्तरको अवस्थाबारे पनि खोजि गर्न आवस्यक रहेकोमा जोड दिए । कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेको प्रति उनले गुनासो गरे ।

कार्यस्थलमा स्वास्थ्य सावधानी अपनाएको नपाईएको मन्त्री घिमिरेले बताए । समीक्षा कार्यक्रममा मन्त्री घिमिरेले निजी अस्पतालको स्वीकृति र नियमनमा स्वास्थ्य कार्यालय प्रमुखहरुले ध्यान दिनुपर्ने बताए । स्वीकृति दिँदा मापदण्ड अनुसार भए÷ नभएको हेर्ने र अनुगमनको काम स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

चितवन, २ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले...

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...

विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...

उदयपुरमा जिप दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते

विराटनगर । उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । दुर्घटना परी सात...

हस्ताक्षर गर्न छिरेका सांसद बालुवाटारभित्रै रोकिए

काठमाडौं, १७ वैशाख-धानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छिरेका अधिकांश सांसद भित्रै अड्किएका छन् ।  ओलीले संसदमा आफ्नो बहुमत देखाउनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए । बुधबार बिहानबाटै बालुवाटारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्