अपडेटः सचिवालय बैठक डाकेर ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड - News Birat

अपडेटः सचिवालय बैठक डाकेर ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

न्यूज विराट
काठमाडौं, २५ कात्तिक-धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । 

प्रचण्डका प्रेस संयाेजक  विष्णु सापकाेटा जुगलले अहिले अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट चलिरहेकाे बताए । कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठक डाकेका छन् । स्रोतअनुसार अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजेका लागि बैठक डाकेका हुन् । धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

सचिवालय बोलाउनुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले बिहान प्रचण्डलाई भेटेका थिए । त्यस्तै, सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि प्रचण्डलाई भेटेका थिए । ओली पक्षका नेताहरूलाई भेटेपछि प्रचण्डले बाेलाएको सचिवालय बैठक महत्वका साथ हेरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles