लागुऔषध सहित २ जना पक्राउ
विराटनगर, १७ असार–सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अख्तर आलम रहेका छन् । आज बिहान...
एजेन्सी, २३ कात्तिक-सन् १९७२ को कुरा हो, ह्वाइट हाउसमा राष्ट्रपति पदमा रिचर्ड निक्सन थिए र अमेरिका चन्द्रमामा मानिसलाई पठाउने अभियान चलाइरहेको थियो । यही समयमा आफ्नो राजनीतिक करियर सुरु गरेका जो बाइडेले ५० वर्ष लामो राजनीतिक यात्रा गरिसकेका छन्।
यस क्रममा तीन दशकमा तीन पटक देशको राष्ट्रपति बन्ने आकांक्षा राखेका उनको सपना अब पूरा भएको छ । उनी अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो सपना पूरा भएको हो ।
पेन्सिलभेनियामा १९४२ मा एक क्याथोलिक परिवारमा जन्मिएका जो रोबिनेट बाइडेन जुनियरले डेलावेयर विश्वविद्यालयबाट आफ्नो पढाई पूरा गरे र सिएराक्युज युनिभरसिटीबाट १९६८ मा वकालतको डिग्री लिएर करियर सुरु गरे ।
७८ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडेन राष्ट्रपति पदमा पुग्ने अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उमेरको रेकर्ड बनाएको यो पहिलो घटना भने होइन । आफ्नो राजनीतिक करियर सुरु गर्दै १९७२ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक डेलावेयरबाट देशको पाँचौ सबैभन्दा कम उमेरका सिनेटरका रुपमा निर्वाचित भएका थिए ।
यो सिटबाट ६ पटक सिनेटर चुनिएका बाइडेनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपतिको उम्मेदवारको दाबेदारका रुपमा आफूलाई उभ्याएका थिए । त्यसपछि उनी दोस्रो पटक २००८ मा राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको दौडमा थिए । त्यसबेला उनी बाराक ओबामासँग पछि परे ।
तर ओबामाले उनको अनुभव र देश विदेशमा रहेको सम्मानका कारण आफ्नो उपराष्ट्रपतिको रुपमा अघि बढाए र दुवै कार्यकालमा जो बाइडेन उपराष्ट्रपति बने । ओबामाले बाइडेनलाई हालसम्मकै सर्वश्रेष्ठ उपराष्ट्रपति घोषित गरेका थिए ।
२०१७ सम्म उपराष्ट्रपति बनेका बाइडेन यो वर्ष राष्ट्रपति बन्नका लागि तेस्रो पटक मैदानमा होमिएका थिए । यस वर्ष उनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै देशको ४६ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
उनलाई विजयी बनाउन ट्रम्पसँग निराश भएका र ओबामालाई दुई कार्यकाल अमेरिकाको अश्वेत राष्ट्रपति बनाउन भूमिका खेलका मतदाता निर्णायक देखिए ।
सन् १९८८ मा राष्ट्रपति वदको उम्मेदवार बन्ने क्रममा उनीमाथि ब्रिटिस लेबर पार्टीका तत्कालीन नेता नील किनाकको भाषणको लाइन चोरेको आरोप लाग्यो । यसपछि सन् १९९१ मा सिनेटको न्यायिक समितिको अध्यक्ष पद पनि विवादित बन्यो ।
उनीमाथि अनिता हिल नामकी महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । १९९३ मा बाइडेनमाथि सिनेटकी पूर्वकर्मचारी तारा रेडेले यौन उत्पीडनको आरोप लगाइन् । सन् १९९४ मा विवादित क्राइम विधेयक तयार गर्नेमा बाइडेन पनि एक थिए ।
जसले ठूलो संख्यामा बन्दीको संख्या बढ्ने, लामो सजाय सुनाउने र बढीभन्दा बढी जेल बढाउन जिम्मेवार मानिन्छ । २०१२ मा उनले एलजीबीटी समुदायको समर्थन गरे ।
बाइडेनलाई पहिलो पटक सिनेटर बनेको खुसी ठूलो दुःख लिएर आएको थियो । यसलगत्तै उनकी पहिली पत्नी निलिया र छोरी नाओमीको सडक दुर्घटनामा मृत्यु भएको थियो । तर यो दुर्घटनामा उनका जुम्ल्याहा छोरा बियु र हन्टर यो दुर्घटनामा बाँच्न सफल भएका थिए ।
त्यसक्रममा उनी अस्पतालमा आफ्ना छोराको हेरचाहमा बसेकै बेला सिनेटरको शपथ लिएका थिए । बियुलाई उनको राजनीतिक करियरको उत्तराधिकारीको रुपमा हेरिएपनि उनको २०१५ मा मस्तिष्क क्यान्सरका कारण मृत्यु भएको थियो ।
यी दुई घटनाका कारण पनि बाइडेनलाई ओबामाको चर्चित ‘पर्सनल केयर पोलिसी’ को ठूलो समर्थक मानिन्छ । जसलाई उनले आफू राष्ट्रपति बनेमा पुनः अघि बढाउने बाचा गरेका छन् ।
विराटनगर, १७ असार–सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अख्तर आलम रहेका छन् । आज बिहान...
काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । ...
विराटनगर, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ । झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको बयरकाे ढल्केकाे रुखमा तीन किशोरी झुन्डिएको मृत भेटिएका हुन्...
काठमाडौं, २९ चैत-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा काठमाडौंका ३ पसललाई कारवाही गरेको छ ।विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत १ मासु पसल र २ किराना पसललाई जरिमाना गरिएको...
विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...
काठमाडौं, २४ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकीकृत अनुगमन तथा मूल्यांकन कार्यढाँचा बनाउने तयारी गरेको छ । मातहतका दुवै सुरक्षा निकायको एकीकृत अनुगमनले सुरक्षा निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता वृद्धि हुने भन्दै एकीकृत...
चितवन, २८ भदौ-भरतपुर अस्पतालले कोरोना संक्रमित ८ जना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल २ गर्भवती उपचाररत छन् । अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको...
कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो । विभागले परीक्षाका लागि...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.