विराटनगर, २२ कात्तिक-प्रदेश १ मा शनिबार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा दुई÷दुई, भोजपुरमा एक र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय १७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३÷१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा छ, उर्लाबारी र कटहरीमा चार÷चार, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा तीन÷तीन, मिक्लाजुङमा दुई, केराबारी, लेटाङ र जहदामा एक÷एक, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहवीमा सात, बराहक्षेत्रमा तीन, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा दुई÷दुई, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा एक÷एक र स्थानीय तह नखुलेका तीन जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता झापाको दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा आठ÷आठ, कनकाईमा सात, मेचीनगरमा चार, गौरादहमा तीन, शिवसताक्षी र बुद्धशान्तिमा दुई÷दुई, अर्जुनधारा र बाह्रदशीमा एक÷एक र स्थानीय तह नखुलेका आठ, खोटाङको दिप्रङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका एक÷एक, उदयपुरको त्रियुगामा ११, कटारीमा तीन र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिकामा चार, सुर्योदय, माईजोगमाई, देउमाई र रोङमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा दुई र महालक्ष्मीमा एक, पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्डमा दुई, संखुवासभाको मादी र खाँदबारीमा एक÷एक, तेह्रथुमको म्याङलुङ र आठराईमा एक÷एक, भोजपुरमा एक र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६ सय १५ पुगेको छ ।
प्रदेश १ मा शनिबार ५ सय २७ जना डिस्चार्ज भएका भएका छन् । होमआईसोलेसनबाट ५ सय २४ र विराट मेडिकल कलेजबाट तीन जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५ सय ६७ पुगेको छ ।
प्रदेश १ मा शनिबार २ हजार ६ सय ७५ जनाको पीसीआर परीषण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ९८ महिला र ३ सय पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ६९ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।