कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो

 न्यूज विराट
कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो

काठमाडौं, २२ कात्तिक-कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ४ सय २३ जनाको नमुना परीक्षण गर्दा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । आज १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।

सम्बन्धित समाचार

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १४ माघ ।सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन...

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वाडको शौचालयमा आज बिहान भर्खरै जन्मेको शिशु मृत फेला परेको हो । अबिवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालेको आशंका गरिएको...

आज २६३८ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८  नयाँ...

मोरङ प्रहरीमा कार्यरत प्रहरी जवान मृत भेटिए

विराटनगर । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने नेपाल प्रहरीका जवान शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी...

पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा 

काठमाडौं, १४ साउन-निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु-प्रगति जे.भी, विरेन्द्र कुमार गुरुङको चमैता निर्माण सेवा र मनोज कुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स...

सांसद राईको प्रश्न -नामकरणको प्रस्ताव किन टेबुल नगरेको ?

प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरूले नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले) की सांसद बिनादेवी राईले सरकारसँग नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेकी हुन् ।...

नेपालमै कोरोनाको औषधि बनाइएको डा. दासको दाबी

हेटाैँडा, १७ वैशाख-कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको...

२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

काठमाडौं, १८ असार-पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्