कार्यदलका नेताहरू ओली-प्रचण्ड भेट्दै

 न्यूज विराट
कार्यदलका नेताहरू ओली-प्रचण्ड भेट्दै

काठमाडौं, २१ कात्तिक-नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन् । नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरू सक्रिय हुन लागेका हुन् । 

अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरेर उनीहरू विवाद साम्य पार्न सुझाव र दबाब दिने तयारीमा जुटेका छन् । परिणाम जे आए पनि भेटेर सुझाव दिनु राम्रो हो भन्ने लागेर भेटका लागि छलफल भइरहेको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताएका छन्।

पाण्डेले ट्वीट गर्दै भनेका छन्, ‘पार्टीभित्रको समस्यालाई मिलाउन हिजोको कार्यदलका सदस्यहरूले अध्यक्षहरूलाई भेटेर कुरा गर्ने कि भन्ने छलफल गर्दैछौँ । परिणाम जे आएपनि प्रयास भने जारी राख्नु राम्रो होला भन्ने लागेको छ ।’

गत साउनमा नेकपाले गठन गरेको कार्यदलको प्रतिवेदनकै आधारमा २६ भदौमा स्थायी समितिले नेकपाको विवाद टुंगो लगाएको थियो । आगामी दिनमा विवाद नगर्ने भनेर दुई अध्यक्षले २६ भदौलाई कट अफ डेको रूपमा पनि व्याख्या गरेका थिए ।

त्यो कार्यदलले प्रधानमन्त्रीका रूपमा पाँच वर्ष नै केपी ओलीलाई जिम्मा दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डमा केन्द्रीत गर्ने सुझाव दिएको थियो । त्यही सुझावका आधारमा सहमति जुटेको थियो । तर, अहिले यी दुबै सहमति कार्यान्वयन भएका छैनन् । र, नेकपाको विवाद उत्कर्षतिर लागेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल थिए ।

सम्बन्धित समाचार

न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्टिय सम्मान

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या...

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...

जलमग्न विराटनगरको दक्षिणी क्षेत्र

विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् । विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन्...

सीमा नाकाबाट ११ महिनामा १८१ जनाको उद्धार, सबैभन्दा बढी मंसिरमा

विराटनगर । मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको साना हात नामक संस्थाले चालु आर्थिक वर्षको ११ महिनामा १८१ जना महिला तथा बालवालिकाहरुको उद्धार गरेको छ । विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको नेपाल भारत मोरङको...

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर...

त्रिविको वार्षिक परीक्षा नराेकिने, सेमेस्टरबारे अध्ययन हुँदै

काठमाडौं, १५ असार-त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा केही ढिला भए पनि गरिने बताए । ‘वार्षिक परीक्षा रोकिँदैन । मूल्याङ्कनलाई आधार मानेर हुँदैन...

मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरबाट मोटसाइकलसहित चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको हो । चोरीमा संलग्न मोरङ धनपालथान गाउँपालिका ७ बस्ने बर्ष २१ को रविन...

मेची अस्पतालमा कोभिड-१९ को उपचार सुरु

झापा, २० साउन-मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमुना परीक्षणसँगै सङ्क्रमितको उपचार सुरु गरिएको छ । प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले २ वटा भेन्टिलेटरसमेत उपलब्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्