गृह मन्त्रालयका स्रोतका अनुसार शुक्रबार बिहान नरवणे सगरमाथा क्षेत्रका लागि ‘माउन्टेन फ्लाइट’मा निस्कन लागेका हुन् । उच्च स्रोतका अनुसार उनी सोलुखुम्बुको नाम्चेमा उत्रनेछन् ।
नागरिक उड्डयन प्राधिकरणले पनि नरवणेको ‘माउन्टेन फ्लाइट’ पुष्टि गरेको छ । सैनिक मुख्यालयले भने पर्वतीय उडानको कार्यक्रम उनको निजी भएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
भारतीय सेनाध्यक्षले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षाको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली, आफ्ना समकक्षी पूर्णचन्द्र थापालगायतसँग भेट गर्नेछन् भने बिहीबार अपराह्ण राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ।