बाबुले गराइदिए छोराको चौरासी पूजा

 न्यूज विराट
बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक-यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका-१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।

बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए ।

‘पिता ज्ञवाली अहिले पनि स्वस्थ्य हुनुहुन्छ । खेतीपातीमै जीवन बिताउनुभएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु परेको छैन’ उनका साहिँला छोरा हरिप्रसादले भने । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा‍. बाबुराम छन् ।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए । आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताए ।

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन् । उनको अहिले पाँचौँ पुस्ता (खनाति)  चलिरहेको छ । उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन् । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक छ । रासस

सम्बन्धित समाचार

सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, १३ जेठ-सप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ । नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा...

विराटनगरको कन्चनबारीमा दुर्घटना, टिपर चालकसहित पाँच घाइते

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा सवारी दुर्घटनामा परी टिपर चालकसहित पाँच जना घाइते भएका छन् ।विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना. ३ ख ६६६४ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ गइरहेको टिफरलाई ठक्कर दिदा टिपर...

भारत लैजादै गरेको दश जना महिलाको उद्धार

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ । साना हातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दश जना महिलाहरुलाई उद्धार गरेको हो । उद्धार...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं, २५ साउन-कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो ।   सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...

भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...

स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध

काठमाडौं, ५ भदौ-सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उनले नोभल कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण...

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, २ असोज-प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्