राजदेवी मन्दिरमा एकै रातमा झण्डै ९ हजार बोकाको बलि

 न्यूज विराट
राजदेवी मन्दिरमा एकै रातमा झण्डै ९ हजार बोकाको बलि

जनकपुरधाम, ९ कात्तिक-जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयको सहमतिमा साँझ ७ बजेदेखि हुँदै आएको बोकाबलि राति साढे ११ बजेसम्म चलेको थियोे । मन्दिरमा बलिको लागि महावीर युवा कमिटीले चार वटा ठेहाको व्यवस्था मिलाएको थियो । कमिटीका अनुसार प्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइएको छ ।

कोरोना महामारीका कारण केही दिनअघि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बोकाबलि नहुने भन्दै सूचना समेत जारी गरेकोमा पछि प्रशासनकै सहमतिमा बलि प्रथालाई निरन्तरता दिइएको महावीर युवा कमिटीले जनाएको छ ।

प्रशासनले बोकाबलिमा रोक लगाउने निर्णय गरेपछि स्थानीयको दबाब तथा धार्मिक दंगा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय आफ्नो निर्णयबाट पछि हटेका थिए ।

श्रद्धालुले कोरोना महामारीकाबीच प्रशासनले जिल्लाभर बलि नचढ्ने सूचना जारी गरेकोले यसवर्ष बोकाबलि हुने वा नहुने भन्ने अन्योलताका कारण शून्य समयमा आएर भएको बोका बलिले अन्य वर्षको तुलनामा यो वर्ष कमी आएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बताए ।

यसअघिका वर्षमा राजदेवी मन्दिरमा महाष्टमीमा १४ हजारदेखि १५ हजारसम्म बोकाबली हुने गरेको थियो । यस वर्ष कोरोना महामारीका कारण बोकाबली हुने नहुने संशय र छिमेकी भारततर्फका श्रद्धालुहरू आउन नसकेपछि संख्या घटेको हो ।

राजदेवी मन्दिरमा बोकाबलि चढाइएको पछिल्लो तथ्यांकअनुसार २०६५ सालमा ११ हजार १३४, २०६६ सालमा ११ हजार ७ सय ९०, २०६७ सालमा १३ हजार ५ सय ५२, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०७० सालमा १४ हजार ८ सय ६१, २०७१ सालमा १४ हजार ७ सय २२, २०७२ सालमा १३ हजार ८ सय १, २०७३ सालमा १४ हजार ६ सय १७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७५ सालमा १४ हजार ९ सय ९७ वटा बोका बलि दिइएको थियो ।

त्यस्तै गत वर्ष १४ हजार ६ सय ३३ वटा बोका बलि प्रदान गरिएको थियो । कोरोना संक्रमणको सम्भावित जोखिमलाई हेरेर कतिपय स्थानीयले यस वर्ष बोकाबलि नगर्न सुझावसमेत दिएका थिए भने कतिपयले वर्षौँदेखिको परम्परा र आस्थासँग जुडेको रहेको भन्दै पक्षमा उभिएका थिए ।

सम्बन्धित समाचार

जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउनुपर्नेमा जोड

विराटनगर । जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउन आबश्यक नीतिनियम बनाउनुपर्ने एक कार्यक्रममा जनस्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कोशी प्रदेश स्तरीय जनस्वास्थ्य कर्मी मोरङले भेलामा सहभागि जनस्वस्थ्यकर्मीहरुले यस्तो बताएका हुन् । जनस्वास्थ्यकर्मीहरु उत्पादनमा कमी आएको चिन्ता...

स्पार्क हस्पिटल आठ वर्षमा, पुस १० गते निःशुल्क स्वास्थ्य शिविर गर्ने

विराटनगर । विराटनगर – १० पाञ्चाली मोडमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल आठ वर्षमा प्रवेश गरेको छ । आठ वर्षमा प्रवेश गरेको अवसर पारेर हस्पिटल परिसरमा पुस १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने...

कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख, ३ जनाले दिए १ महिनाको पारिश्रमिक

काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय  संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।  यस अघि संसद सचिवालयले   १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८...

मोरङ कांग्रेसले डायनियामा वीपी जयन्ती मनायो

विराटनगर, ६ साउन । नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा वीपी जयन्ती मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षारोपण गर्नुका साथै वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो। पार्टीका जिल्ला सभापति डिकबहादुर...

विराटनगरमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी

विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका...

देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

विराटनगर, २८ साउन । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १...

प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको हो ।चितवनमो इच्छा मनकामना–३ सौराहका २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु छ ।...

कैलालीको गोदावरी नगरपालिका आजदेखि सिल

धनगढी, ६ असार-कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गएपछि आजदेखि नगरक्षेत्र सिल गरिएको छ।एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगर प्रमुख हरिसिंह साउँदले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्