पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय १३ संक्रमिात थपिए, २८ जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय १३ संक्रमिात थपिए, २८ जना डिस्चार्ज

विराटनगर, ५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ महिला र ९४ पुरुष छन् । मोरंगको ग्रामथानमा १८, उर्लाबारीमा १४, सुन्दरहैचामा १०, रंगेलीमा ५, बेलबारीमा ४, कानेपोखरी, कटहरी, पथरीशनिश्चरे र लेटाङमा ३÷३, धनपालथानमा २, जहदा, सुनबर्षी र रतुवामाईमा १÷१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ९१, इटहरीमा ७४, रामधुनीमा ६, दुहवीमा ३, इनरुवा, बराहक्षेत्र र गढीमा २÷२ , देवानगञ्ज, बर्जु र स्थानीय तह नखुलेका १÷१ जनामा संक्रमण देखिएकोस मन्त्रालयले जनाएको छ । उता झापाको दमकमा २८, विर्तामोडमा १६, मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २÷२, बाह्रदशी, हल्दिबारी र झापा गाउँपालिकामा १÷१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ९ र साँघुरीगढीमा २, उदयपुरको बेलका र चौदण्डीगढीमा २÷२, उदयपुरगढी, त्रियुगा र स्थानीय तह नखुलेका १÷१, इलामको रोङ, सुर्योदय र स्थानीय तह नखुलेका १÷१, पाँचथरको फालेलुङमा २ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८ जना डिस्चार्ज भएका छन् । विराट मेडिकल कलेजबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार २ सय ८ पुगेको छ ।

प्रदेश १ मा बुधबार १ हजार ८८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ सय ३० महिला र २ सय ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५० हजार ७ सय ५१ ज्नाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मतान्तर बढाउदैं अमनलाल मोदी

विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...

धनुषामा गोली प्रहरी गरी युवकको हत्या

धनुषा, २८ जेठ-धनुषाको सबैलामा गएराती गोली प्रहारबाट १ युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका-७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज...

चिनियाँ र दक्षिण कोरियाली राष्ट्रपति बीच टेलिफोन वार्ता

एजेन्सी, जेठ २-चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण...

खुकुरी प्रहारबाट महिलाको मृत्यु, हत्यामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे इटहरी उप–महानगरपालिका–१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९...

आज देशभर ७०७ जनामा कोरोना पुष्टि

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट...

बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २५ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २ हजार ५६४औँ बुद्धजयन्तीका अवसमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा शुभकामना व्यक्त गरेकी छिन् । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका...

महेन्द्र मोरङ क्याम्पसमा स्ववियू चुनाव : २ बजेसम्म २ हजार २५ मत खस्यो

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ मत खसेको छ । जसमध्ये १ हजार ९६ छात्र...

विष्फोटक पदार्थसहित विप्लवका इन्चार्ज र कार्यकर्ता पक्राउ

इलाम, २३ वैशाख  -इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्