चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना

 न्यूज विराट
चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना

विराटनगर, ३ कात्तिक–प्रदेश २ को चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना भएको छ । सोमबारदेखि दुवै स्थानमा करदातालाई सहज हुनेगरी करदाता सेवा कार्यालय स्थापना भएको हो ।

नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग अन्र्तगत चन्द्रपुरमा करदाता सेवा कार्यालयको स्थापना भएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ देखि संचालनमा आउने गरी सरकारले २४ वटा करदाता सेवा कार्यालय थप गरेको थियो । सोहि अनुसार चन्द्रपुरमा सोमबार कार्यालयको स्थापना गरिएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ३ का दिनानाथ खरेललाई शान्ता किराना पसलको स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्र दिँदै सेवा सुरु गरिएको छ ।

करदाता कार्यालय मार्फत कर सम्बन्धि सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धि शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु दिने छ।कर सम्बन्धि हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र सहज बनाउने उद्देश्यले चन्द्रपुरमा करदाता सेवा कार्यालय खुलेको हो ।

चन्द्रपुरमा करदाता सेवा कार्यालयको स्थापना हुनुले खुसी थपिएको र व्यवसायीलाई सहज हुने भएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघले जनाएको छ । लामो समयसम्म कर नतिरी निष्क्रिय रहेका उद्योगी व्यवसायी समेत करको दायरामा आउने अपेक्षा गरिएको छ ।

चन्द्रनिगाहपुरमा स्थापना भएको करदाता सेबा कार्यालयले रौतहटको सात वटा पालिका भित्रमात्र सेबा दिईने कार्यालय प्रमुख उद्धब अधिकारीले बताए । उनका अनुसार सो कार्यालयबाट चन्द्रपुर, गुजरा फतुवा बिजयपुर, कटहरिया, गरुडा, गडिमाई र बृन्दाबन नगरपालिका भित्रको ब्यबसायी लगायत लाई सेबा दिईनेछ ।

त्यसैगरी करदाता सेवा कार्यालय जलेश्वर, महोत्तरीको सेवासमेत शुभारम्भ भएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी, जलेश्वर भन्सार कार्यालय तथा आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख लगायतको उपस्थितीमा सेवा कार्यालय सुभारम्म भएको हो ।

सम्बन्धित समाचार

आङ साङ सु चीको पार्टी खारेज गर्ने म्यानमार निर्वाचन आयोगको तयारी

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सु चीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सु चीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको...

एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट...

प्रदेश १ लोक सेवा माग्यो तीन सय बढी कर्मचारी, कुन पदमा कति ?

विराटनगर । प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो। प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको...

बिचौलियालाई राज्यको सम्पत्ति सुम्पने निर्णय खारेज हुनुपर्छः इन्द्र आङ्बो

विराटनगर, २१ साउन । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले ओली सरकारले विचौलियालाई राज्यको सम्पत्ती सुम्पने गरी गरेको निर्णय खारेज गर्न माग गरेका छन् । बिहीबारको प्रदेशसभामा विशेष...

पाँचौ मिल्स गोल्डकप सुरू, उद्घाटनमा फ्युजन फुटबल क्बलको विजय सुरूवात

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा...

विराटनगरमा मनाइयो विश्व मुटु दिवस

विराटनगर । विराटनगरमा विश्व मुटु दिवस मनाइएको छ । आइतबार विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विश्व मुटु दिवस मनाइएको हो । सो अवसरमा मानिसको महत्वपूर्ण शारीरिक अंग मुटुलाई...

फरक क्षमता भएकाहरुलाई व्यवहारीक तालीमले जीवनयापनमा सहज हुने

विराटनगर,४ माघ । फरक क्षमता भएकाहरुका लागि दिएको तालीम उपयोगी हुनेका साथ सजह जीवनयापनमा सहयोग पुग्ने सरोकारबालाहरुले बताएका छन् । व्यवहारीक रुपमा उपलव्ध गराइएको तालीमले अपाङगता ऐन, अपाङगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्वन्धमा अविश्वमरणीय रहेको...

नेपालमा ८१ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्