प्रदेश १ मा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु

 न्यूज विराट
प्रदेश १ मा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ३ कात्तिक-कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । विराटनगरमा चार र सुनसरीको धरानमा तीन संक्रमितको मृत्यु भएको ।

विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा १ जना र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एकजना अस्पताल सञ्चालक समेत हुन् ।

न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको हो । अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन् । उनलाई असोज २२ गते कोरोना देखिएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

त्यस्तै नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३ का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि बिराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत बिराटनगर–२ की ६० वर्षीया महिलाको पनि सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी धरानमा सोमबार थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । धरान–८ का पुरुष र धरान १५ का पुरुषको घरमै मृत्यु भएको छ भने इहटरी २० का पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

बिहान करिब २ बजे धरान–८ एघारघरे बस्ने ७० वर्षीय वृद्धको निधन भएको हो । उनी मृगौलाका विरामी थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस गराइरहेका उनलाई परिवारले आइतबार घर ल्याएको थियो ।

यसैगरि, धरान १५, बुढासुब्बा चोक नजिकै पनि ७४ बर्षका वृद्धको बिहान ६ बजेतिर निधन भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । शनिबार पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनको मुटुको वाइपास सर्जरी गरेको थियो ।

यस्तै सुनसरीकै इटहरी २० का ७८ बर्षीय पुरुषको बिहान ३ बजेर ५ मिनेटमा बीपी कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका उनमा कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो । उनलाई एनेमियालगायत दीर्घ रोगहरु थियो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ३८ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरका हुन् ।

सम्बन्धित समाचार

विराटनगरमा जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

विराटनगर, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारीकता उपेन्द्र यादव समुहले पाएपछि जिल्ला तहमा पनि त्यसको असर परेको छ । यादवले आधिकारीकता पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो समुह अहिले मधेश दौडाहमा...

रिसोर्टमा युवतीको मृत्यु

डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् । डडेल्धुराको...

धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज र उममेयरमा माओवादीका अइन्द्रविक्रम विजयी

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर...

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

कोलोम्बो, १८ मङ्सिर-घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको...

सामान बोक्न नेपाल एयरका २ जहाज आज चीन जाने

काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...

गच्छदारनिकट ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, फागुन २३–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार...

मौद्रिक नीतिको लागि वाणिज्य महासंघ कोशी प्रदेशको १५ बुद्धे सुझाब

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिकाका १५ बुद्धे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुद्धे सुझाब दिएका...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्