पूर्वमन्त्री पण्डितको पहलमा कोशी अस्पताललाई ४ वटा भेन्टिेलेटर प्रदान गरिँदै

 न्यूज विराट
पूर्वमन्त्री पण्डितको पहलमा कोशी अस्पताललाई ४ वटा भेन्टिेलेटर प्रदान गरिँदै

विराटनगर, ३० असोज–प्रदेश १ मा भेन्टिलेटरको अभाव भइरहेका बेला पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा विराटनगरस्थित कोशी अस्पताललाई ४ वटा भेन्टिलेटर प्रदान गरिने भएको छ । पूर्वमन्त्री पण्डितको पहलमा ताईवानको ‘टिजुची फाउण्डेसनले’ नेपालको ‘हेल्थ इन्भाइरोमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसन नेपाल’ संस्था मार्फत उच्च गुणस्तरको चार वटा भेन्टिलेटर प्रदान गर्न लागेको हो ।

‘हाई फ्लो ह्युमिडिफर’ नामक उच्च गुणस्तरको भेन्टिलेटर हस्तान्तरणका लागि ३ वटा काठमाडौंबाट विराटनगर ल्याइँदै गरेको र थप एउटा भेन्टिलेटर ताइवानबाट आउने क्रममा रहेको नेकपा १ नं. प्रदेश कमिटी सदस्य सत्यनाराष्यणन चौधरीले जानकारी दिए । नेता चौधरीले उक्त भेन्टिलेटर शनिबार विराटनगरमा आइपुग्ने र सोहि दिन पूर्वमन्त्री पण्डितले वितरण गर्ने कार्यक्रम रहेको बताए ।

पछिल्लो समय जटिल प्रकृतीको लक्षण भएका संक्रमितको संख्या बृद्धि हुँदै गएका कारण प्रदेश १ का आईसियु, भेन्टिलेटरसहितका बेड अभाव हुँदै गएको छ । सोही अभावलाई मध्यनजर गर्दै पूर्वमन्त्री पण्डितले भेन्टिलेटरका लागि ताईवानको ‘टिजुची फाउण्डेसन’ सँग पहल गरेका थिए । उक्त भेन्टिलेटरले संक्रमितको उपचारमा ठुलो सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

नेकोसभोजपुरको अध्यक्षमा खत्री

विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको अध्यक्षमा मानबहादुर खत्री निर्वाचित भएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा सम्पन्न भएको नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको प्रथम सम्मेलनले खत्रीलाई अध्यक्षमा निर्विरोध...

खेलकुद विकास बोर्डद्वारा अध्यक्ष प्रविण कुमार कार्कीको बिदाई

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले उत्तर कोरियामा तेक्वान्दो खेलको ७० औँ नामकरण दिवसको सम्झनामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कोरिया जान लागेका नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीको बिदाई गरेको छ। आज विराटनगर...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा मोरङ र झापा विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल...

भारतले लिपुलेक सडकमार्ग उद्घाटन गरेकोमा कमल थापाको विरोध

काठमाडौं, २६ वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाएर यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।  ‘लिम्पियाधुरा/लिपुलेक नेपाली भूमि हो...

यी हुन् मोरङबाट ४ जीपीए ल्याउने ८ विद्यार्थी

विराटनगर । मोरङबाट ८ जना विद्यार्थीले एसईईको परीक्षामा ४ जीपीए ल्याएका छन् । विराटनगरबाट पाँच जना, पथरीबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलबाट तीन जना विद्यार्थीले ४...

मोरङ ४(१) मा काँग्रेसका घिमिरेको सुरुवाती अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका गुरुप्रसाद घिमिरेले सुरुवाती अग्रगता कायम गरेका छन् । प्रदेशतर्फ २ हजार १ सय ३९ मत गणना हुँदा घिमिरेले ९ सय ७ मत ल्याएका छन् ।...

झापाका चोकबजार सुनसान

विराटनगर, चैत ११–लकडाउन शुरु भएसँगै झापाका बजार चोकहरु समेत सुनसान बनेका छन् । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने झापाका बजारहरु, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । झापाका मुख्य शहरहरु बिर्तामोड,...

मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्