पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ संक्रमित थपिए, ४४ जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ संक्रमित थपिए, ४४ जना डिस्चार्ज

विराटनगर, २६ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा एक सय ९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र एक सय १ पुरुष छन् । मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा चार, रतुवामाई र धनपालथानमा तीन÷तीन मिक्लाजुङ र कटहरीमा दुई÷दुई , सुनबर्षी, ग्रामथान र जहदामा एक÷एक र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ८६, इटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा तीन,m इनरुवा र गढीमा दुई÷दुई कोशी गाउँपालिकामा एक र स्थानीय तह नखुलेका तीन, झापाको दमक र भद्रपुरमा तीन÷तीन, अर्जुनधारा र स्थानीय तह नखुलेका एक÷एक, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका एक÷एक, खोटाङको साकेलामा एक, उदयपुरको चौदण्डीगढीमा एक, धनकुटामा एक, भोजपुरमा एक र प्रदेश १ बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कुला कोरोना संक्रमितको संख्या १० हजार सात सय ५१ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट दुई र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या चार हजार आठ सय ५५ पुगेको छ । प्रदेश १ मा सोमबार एक हजार एक सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये एक सय ८८ महिला र दुई सय ६४ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । हालसम्म १ लाख ३८ हजार छ सय ९२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा एक सय ५ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १५ जना प्रदेश १ बाहिरका रहेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा लागूऔषध सहित एक जना पक्राउ

विराटनगर, ७ असोज । बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन्  । हिजो बेलुका ५ बजे ईलाका प्रहरी...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत २०–उदयपुर र मोरङका २ छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ बर्षीय दिलप्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।...

झापामा कोरोनाविरुद्धको खोपमा चरम लापरबाही

झापा, ८ भदौ ।बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरबाही भएको...

उदयपुरे भएकै कारण अपरेसन थिएटरबाट फेरि निकालिए बिरामी

विराटनगर, बैशाख २०-विराटनगरको नोबेल मेडिकल कलेज अस्पतालले उदयपुरको भएकै कारण अर्का एक बिरामीको उपचार गर्न इन्कार गरेको छ । यसअघि सुत्केरी महिलाको उपचार गर्न अस्वीकार गरेको अस्पतालले हातको अपरेसनका लागि भर्ना गरिएका एक बिरामीलाई उदयपुर...

बलात्कार मुद्दामा सन्दिप लामिछानेलाई सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई...

कटहरीको सडक कालोपत्रे गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित

विराटनगर । विराटनगरको हाटखोला– रंगेली हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्ड कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् । तीन महिना भित्र उक्त सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले सहमति गरेपछि यहाँका स्थानीयले एक...

भ्रचारविरोध सञ्जेल कार्यकक्षमै कुटिए

विराटनगर, साउन १७–भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटिपिट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् । मोरङ प्रहरी प्रमुख प्रहरी...

प्रचण्ड-नेपाल समूहको आमहड्तालका कारण परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो । ‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्