विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष ठप्प

 न्यूज विराट
विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष ठप्प

गाईघाट,  २३ असोज-जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा लिन नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको एक करोडको सहयोगमा तीन महिनाअघि मात्र अस्पतालमा भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्ष निर्माण गरिएको थियो ।

अस्पतालले विशेषज्ञ चिकित्सकसहित प्राविधिकको अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा सघन उपचार कक्ष प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।

जिल्ला अस्पताल उदयपु्रका प्रमुख डा. जीवनारायण मण्डलका अनुसार अस्पतालमा सघन उपचार कक्ष सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एक करोडबाट दुई वटा भेन्टिलेटर मेसिन जडान गरिएको छ । तर विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुन नसक्दा अहिलेसम्म सघन उपचार कक्ष सञ्चालनमा आउन सकेको छैन् ।

सघन उपचार कक्ष सञ्चालनका लागि एक विषय विशेषज्ञ र अन्य तालीम प्राप्त प्राविधिक नर्सहरुको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अस्थामा रहेको अस्पताल प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए ।

उनले विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि प्रदेश सरकारसँग पटक पटक अनुरोध गरिएपनि हालसम्म व्यवस्थापन हुन नसकेको बताउँदै विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको सघन उपचार कक्ष ठप्प छ । सघन उपचार कक्ष ठप्प हुँदा त्यहाँ आएका जटिल रोगका बिरामीलाई अन्यत्र पठाउने गरिन्छ ।

हिजोआज अस्पतालमै पुगेर सेवा लिनुपर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट घर नजिक पायक ठाउँमा सेवा सुविधा नपाउँदा अन्यत्र भौंतारिनुपर्ने बाध्यता उदयपुरवासीलाई छ ।

आकस्मिक सेवाका लागि अस्पतालबाट अन्यत्र पठाइएका बिरामीलाई समयमा पुर्‍याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् ।

सघन उपचार कक्ष सञ्चालनमा नआउँदा यहाँका बिरामीलाई धरान, विराटनगर, जनकपुरलगायत अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा समाजसेवी शिव रेग्मीले बताए । रासस

सम्बन्धित समाचार

दक्षिण कोरियामा कोरोना संक्रमित बढे

एजेन्सी, साउन २०-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ । योसँगै यहाँ मंगलबारसम्म कोरोनाका संक्रमितहरूको संख्या १४ हजार...

प्रदेश सरकारले महिलालाई अब उद्यमी बनाउछः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताउनु भएको छ।मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय महिलावादी मञ्च–२०८० सम्मेलनको उद्घाटन गर्दै उहाँले महिलालाई तालीम मात्र होइन, उद्यमी...

अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, साउन १८-बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका छोरा अभिषेक बच्चनले ट्विट गर्दै आफ्ना बाबु अमिताभ बच्चन कोरोनामुक्त भएको...

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...

पत्रकारको सुरक्षाका लागि एनएम ९५ माक्स हस्तान्तरण

विराटनगर,साउन २३–अग्रपङ्ती खटिइ समाजलाई कोभिड–१९ सङक्रमण फैलिन नदिन सुशुुचित गराउन महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरुको सुरक्षाका लागि ध्यान दिइनुपर्नेमा सहभागीले जोड दिइएका छन्। लायन्स क्लव तथा लियो क्लव विराटनगरले नेपाल पत्रकार महासंघ मोरङका पत्रकारहरुलाई कोभिड–१९ बाट...

हिसान स्पोर्ट्स मिटमा ६ कलेज विजयी

विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्टस मिट अन्र्तगत भएको तीन खेलमा आधा दर्जन कलेज विजयी भएका छन् । विराटनगरमा बिहीबार भएको क्रिकेटमा कान्तीपुर र विकेभिएम, फुटबलमा रेड स्टार, जनक मेमोरियल र शिक्षादिप तथा भलीबलमा मोर्डन...

बूढानिलकण्ठ स्कुलले मनायो वार्षिक उत्सव, फनफेस्टामा एक दर्जन बढी स्टल

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ स्कुलले ४० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सवमा फन फेस्टा कार्यक्रम आयोजना गरेको हो...

एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो । कोशी र मधेश प्रदेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्