अध्यक्ष कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

 न्यूज विराट
अध्यक्ष कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी,  २० असोज-सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

यस्तै, अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालकपनि कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए । रासस

सम्बन्धित समाचार

न्यूरो अस्पतालमा काेराेना संक्रमितको मृत्यु

विराटनगर, १० भदौ-राटनगरको न्यूरो अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३१ साउनमा अस्पताल भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो ।   टाउकोको नशा सुकेर प्यारालाइसिसको...

नेकोस कोशी प्रदेशको अध्यक्षमा उद्योगी राठी

विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् ।नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार...

३ हजार १६५ मिटर उचाइमा भेटियो पाटेबाघ

इलाममा लोपोन्मुख  पाटेबाघ  यहाँ फेला परेको छ ।  इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको  पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।...

कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध विराटनगरको कार्यक्रममा किन लाग्यो मुर्दावादको नारा ?

विराटनगर । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकाय सम्मिलित एक कार्यक्रम गर्यो । केन्द्रको कृषि विभाग, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरु...

धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले...

घरमा सामान सकियो ? ११३७ मा फोन गर्नुस्

सरकारले काठमाडौं उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर...

प्रदेश २ कोरोना राहत कोषबाट अस्पतालका लागि ५ करोड १३ लाख निकासा

जनकपुर, १८ जेठ-कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पताललाई हालसम्म ८ करोड २३ लाख २५ हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र...

मनमोहनमा दिगो विकासका लागि सम्मानित रोजगारी परियोजना अन्तर्गत शिप विकास तालिम सुरु

विराटनगर, १५ माघ । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्युटमा वेरोजार युवाहरुलाई उद्यमी बनाउन २४ महिने तालिम सुरु भएको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौँता अनुसार दिगो विकासका लागि सम्मानित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्