प्रसूति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु 0

 न्यूज विराट
प्रसूति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु  0

काठमाडौं, १९ असोज-तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।  सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माउनु भएको छ । 

उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिइन् । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल  छन् ।  उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ ।

‘आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,’ उनले भनिन, ‘अहिले बच्चाहरूलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’  डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् ।

जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा दिप्ति श्रेष्ठ, डा नमिता सिङ्देन र डा मुकेश कुमारले शल्यक्रिया गरेका थिए । रासस

सम्बन्धित समाचार

देशभरीका डेन्टल चिकित्सक विराटनगरमा, २४ औं राष्ट्रिय सम्मेलन शनिबार हुँदै

विराटनगर – नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलन विराटनगरमा शनिबार हुने भएको छ । देशभरीको डेन्टल चिकित्सक भेला हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो...

प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको छ : मन्त्री कुसियत

विराटनगर, पुस १-प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच...

सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् । बारका वकिलहरुले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, सर्वोच्चमा...

विरोधी कार्यकर्ता तर्साउन मलाई कारबाहीः जोशी

काठमाडौं, १५ साउन-नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफूलाई कारबाही गरिएको टिप्पणी गरेका छन् । आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा...

६२८६ जनाको नमुना परीक्षण गर्दा १०५६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३८६ महिला र ६७० पुरुषमा कोरोना...

प्रदेश २ को नामाकरणमा दलहरू सहमति नजिक

जनकपुर, पुस २२ । प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा...

पूर्व राज्यमन्त्री अपहरण गरिएको समाजवादी पार्टीको आरोप

काठमाडौं, १० वैशाख-समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो केन्द्रीय सदस्य अपहण गरेको आरोप लगाएको छ ।समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सूचना संञ्चार विभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्वीट गदै साँझ ५बजे...

ठुलो दुर्घटना हुनबाट जोगियो, ग्याङ फाइट गर्न हिँडेका १५ जनाको समूह तरबारसहित पक्राउ

विराटनगर । ग्याङ फाइट गर्न भनेर हिँडेका युवाको समूहलाई प्रहरीले विराटनगर– ९ घोघापुल चोकबाट पक्राउ गरेको छ । युवतीको विषयलाई लिएर हुन आटेको ग्याङ फाइट गर्न हिँडेको १५ जनाको समूहलाई मोरङ प्रहरीले आज दिउँसो तरबारसहित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्