पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ डिस्चार्ज

विराटनगर, १५ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका दुई पुरुष र मोरङकी एक महिलाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ८२ संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा सात , ताप्लेजुङ र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहिबार प्रदेश राजधानी विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष रहेका छन् । त्यसैगरी मोरङको जहदामा छ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा एक महिला दुई पुरुष, कटहरीमा एक महिला एक पुरुष, बुढीगंगामा दुई पुरुष, केराबारीमा एक महिला, स्थानीयतह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा एक महिला दुई पुरुष, दुहवीमा एक१ महिला, स्थानीयतह नखुलेका एक पुरुष, झापाको विर्तामोडका दुई महिला दुई पुरुष, अर्जुनधारामा दुई पूरुष, गौरादहका एक१ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका एक÷एक पुरुष र प्रदेश १ बाहिरका एक महिला छ पुरुषको रिपोर्ट पोजेटिभ आएकोे छ । बिहिबार कोरोना पुष्टि भएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या छ हजार नौ सय ८० पुगेको छ ।

प्रदेश १ मा बिहिबार एक सय ७४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट एक सय ३९, कोभिड–१९ आईसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट सात र मेची अस्पताल झापाबाट पाँच जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार बिहिबार डिस्चार्ज भएकासँगै हालसम्म तीन हजार दुई सय ७२ जना कोरोना मुक्त भएका छन् । प्रदेश १ मा बिहिबार नौ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६० महिला र एक २२ को रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म प्रदेश १ मा एक लाख २४ हजार सात २३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव २ सय ५० विद्यार्थीलाई मायाको चिनो...

प्रदेश २ कोरोना राहत कोषबाट अस्पतालका लागि ५ करोड १३ लाख निकासा

जनकपुर, १८ जेठ-कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पताललाई हालसम्म ८ करोड २३ लाख २५ हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र...

देउवाबिरुद्ध मैदानमै उत्रियो शेरख पक्ष

काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...

असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन

काठमाडौं, २५ भदौ-नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको लकडाउनलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध...

विराटनगर महानगरमा सरसफाई अभियानलाई तीब्रता

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...

पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा 

काठमाडौं, १४ साउन-निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु-प्रगति जे.भी, विरेन्द्र कुमार गुरुङको चमैता निर्माण सेवा र मनोज कुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स...

भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु

डडेल्धुरा, १८ जेठ-डडेल्धुरामा क्वारेन्टाइनमा बसेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे ६ वर्षीय बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला...

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्