प्रदेशकै पहिलो मेची क्राउन पाँचतारे होटल सञ्चालनमा

 न्यूज विराट
प्रदेशकै पहिलो मेची क्राउन पाँचतारे होटल सञ्चालनमा

झापा,  १५ असोज-झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् ।

होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिए ।

होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ ।

होटलमा क्यासिनो सञ्चालन भएपछि ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १ सय ५ वटा सुविधासम्पन्न कोठाहरु छन् ।  झापाको विर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँच तारे होटल सञ्चालनको तयारीमा छ । उक्त होटलमा एक अर्ब रुपैयाँ लगानी भएको बताइएको छ । रासस

सम्बन्धित समाचार

ग्रेडेड स्कुलमा मोनिटर छनौट, विद्यालय मोनिटरमा ईशान्त र कृती श्री निर्वाचित

विराटनगर । विराटनगर – ८ हाटखोलामा अवस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचनबाट मोनिटर तथा भाइस मोनिटर निर्वाचित गरेको छ । शैक्षिक शत्र २०८० को लागी स्कूलमा मोनिटर तथा भाइस मोनिटर विद्यार्थीहरुले निर्वाचनबाट निर्वाचित गरेको हो ।...

गृहमन्त्री भएको कार्यक्रमदेखि एक सय मिटर अगाडी प्रदेश योजना आयोगको गाडीमा आगजनी

विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...

प्रदेश १ मा २२ सयको परिक्षण गर्दा ८९७ संक्रमित थपिए

विराटनगर, ११ जेठ । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र...

सप्तकोसी नगरपालिकामा अनियमिमता बढेको भन्दै जनप्रतिनिधि आन्दोलित

सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै...

जेठ २० सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं, ४ जेठ-सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक...

विराटनगरको लर्डबुद्ध र कोशी मोडल स्कुल मर्जर

विराटनगर । विराटनगर स्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ । एक कार्यक्रम आयोजना गरी लर्डबुद्ध र कोशी मोडल स्कुल सोमबार मर्जर भएको हो ।मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध...

बाजुरामा जनप्रतिनिधिकै कारण कोरोनाको जोखिम

बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो । जिल्ला स्तरीय कोभिड–१९...

श्रीमानसँगको रिसले दुई छोरीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्