कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक पुरुषको संक्रमणबाट ज्यान भएको हो ।

मोरङको उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया कोरोना संक्रमित बृद्धा, को घरमै मृत्यु भएको हो । बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजबाट थप उपचार हुन नसक्ने भएपछि घर ल्याईएको थियो । अस्पतालमै पिसिआर परीक्षण गर्दा बृद्धमा कोरोना पोजेटिभ भेटिएको थियो । बृद्धालाई होम आईसोलेसनमा राखिएको थियो भने उनका परिवार होम क्वारेन्टाईमा बस्दै आएका छन् । बृद्धाको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेश खड्काले जानकारी दिए ।

कारागारका कैदिको मृत्युपछि कोरोना
त्यसस्तै मोरङ कारागारमा रहेका एक कैदिको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरी घर भएका २७ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर परीक्षण गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको कोशी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले जानकारी दिए ।

वीपीमा इटहरीका पुरुषको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको अस्पताल भर्ना गरिएको १५ मिनेटमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनलाई मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजले रेफर गरेको थियो । राति ९ः३० बजेतिर प्रतिष्ठानमा भर्ना गरिएका उनको ९ः४५ बजे मृत्यु भएको हो । मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पनि पुरोना समस्या नरहेको परिवारले जनाएको छ । उनमा बुधबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

सम्बन्धित समाचार

सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी...

मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता, सुवेक्षा र प्रतिभा भए प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा दोस्रो चरणको बृक्षारोपण

विराटनगर, १ भदौ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि दोस्रो चरणमा पनि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथ क्लबले...

कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो

काठमाडौं, २२ कात्तिक-कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १...

भारतीय न्युज च्यानल प्रसारण रोक्ने निर्णय

काठमाडौं, २५ असार-विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा...

परीक्षा अनुगमनका नाममा मेयरको हुल

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले परीक्षामा गरिरहेको अनुगमनको चौतर्फी आलोचित हुँदा समेत उनले अनुगमन गरिरहेका छन् । कक्षा ८ को परीक्षा अनुगमनका लागि मेयर शाह प्रत्येक दिन विद्यालय पुग्छन् । एउटा कोठामा ७÷८ जना लिएर...

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर, फागुन ८–मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी...

सौर्य एयरलाइन्सले विराटनगर– भैरहवा उडान गर्दै, दैनिक पौने चार बजे भैरहवा उड्ने

विराटनगर, १६ कात्तिक । सौर्य एयरलाइन्सले आगाी कात्तिक २२ गतेदेखि विराटनगर–भैरहवा उडान गर्ने भएको छ । प्रदेश नं. १ को राजधानीस्थित विराटनगर विमानस्थलबाट लुम्बिनी प्रदेशको भैरहवामा सिधा उडान गर्ने भएको हो । अन्तरप्रदेश उडान गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्