पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

 न्यूज विराट
पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

पोखरा, १४ असोज-कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही १५ असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ । 

पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा सुरु गर्न लागिएको जनाएको छ ।

पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पु¥याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पुर्‍याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

विगतमा नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उनले जानकारी दिए ।

पोखराको फिर्केबाट बिहान ११ बजे बस छुट्ने छ । दशैँतिहारलगायत चाडपर्व नजिकिरहेको र पेसा व्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा सुरु गरिएको बताइएको छ ।

विगतमा पोखरा–दिल्लीको भाडा ४ हजार रहेकामा हाललाई ५ हजार गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।

मोडर्न इराले १४ वर्र्षअघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल  र भारत सरकारबीच दुईदेशीय यातायात सञ्चालनको सहमतिअनुसार विसं २०७३ असारदेखि मैत्री बस सेवा सञ्चालन भएको थियो । रासस

सम्बन्धित समाचार

प्रधानमन्त्री अभिव्यक्तिमा कांग्रेसले माग्यो सरकार र नेकपाको संस्थागत धारणा

काठमाडौं, ३१ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सोमबार सरकार र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।...

खुकुलो पार्दै मोरङमा एक साता निषेधाज्ञा लम्बियो

विराटनगर, १० भदौ–जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर...

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको...

महेन्द्रेश्वर योग साधना केन्द्रको वार्षिक उत्सव सम्पन्न

विराटनगर । विराटनगर वडा नम्बर १ मा रहेको महेन्द्रेश्वर योग साधना केन्द्रले वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ। योग केन्द्रमा विविध कार्यक्रमहरूको आयोजना गरी उत्सव मनाइएको हो।माया भट्टराईको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रमका...

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

तिहारको तेस्रो दिन आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं, १८ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने...

२३४ केजी गाँजासहित पाँच जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले ठूलो परिमाणमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेलीले २ सय ३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो । रंगेली नगरपालिका २ चेका खोला स्थित गहुँबारीमा...

रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघ्यो, साढे ७ हजारको मृत्यु

मस्को, असार ३–रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४३ जना नयाँ थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ३ सय १ पुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्