भ्याक्सिन सम्झौता प्रकरण : सरकारले सहमति नदिए रद्द हुन्छ

 न्यूज विराट
भ्याक्सिन सम्झौता प्रकरण : सरकारले सहमति नदिए रद्द हुन्छ

काठमाडौं, १४ असोज-रूस र नेपालबीच कोरोना भाइरसविरुद्धको  भ्याक्सिन ल्याउने सहमति भएको समाचार  मंगलबार राति सार्वजनिक भयो । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच स्पुतनिक–५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको हो । तर, सरकारको सहमतिमा सम्झौता भएको होइन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले सरकारको आधिकारिक च्यानलबाट सम्झौता नभएको बताए । 

ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले  यो सम्झौता क्रेता र बिक्रेताबीच भएको बताए । ‘३ महिनाअगाडिदेखि रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डले भ्याक्सिनमा काम गरिरहेको हामीले फलो गरिरहेका थियौंं । तेस्रो चरणको ट्रायल परीक्षण भइरहेकाले रसियन दूतावासको  सहयोगमा नै सम्झौता गरेका हौँ । तेस्रो चरणको ट्रायल परीक्षण सफल भयो भने त्यसपछि नेपालमा ल्याउन ढिला हुने देखेर हामीले पहिले नै सम्झौता गरेका हौँ,’ उनले भने ।

नेपाल सरकारले सहमति दिएन भने सम्झौता रद्द हुने उनले बताए । ‘तेस्रो चरणको ट्रायल परीक्षण सफल भयो भने सरकारसँग सहमतिका लागि प्रक्रिया अगाडि बढाउने हो । नियमअनुसार पास हुनुपर्छ । सरकारले ल्याउन दिएन भने प्रक्रिया रद्द हुन्छ,’ उनले भने, ‘यो सम्झौता भनेको भोलि किन्न चाहेको खण्डमा हामीलाई दिने भन्ने हो ।’

उनका अनुसार प्रक्रियाबाट भ्याक्सिन आयो भने सरकारलाई बेच्न सकिनेछ । ‘सरकारले किन्यो भने सरकारलाई दिने हो । प्राइभेटले मागे उसलाई पनि दिने हो । पहिले भ्याक्सिनको सफल परीक्षण हुनुपर्‍यो । परीक्षण सफल भएन भने कोसिस खेर जान्छ,’ उनले भने ।

भ्याक्सिनको कति मूल्य पर्ने हो, त्यो भने अहिले सहमति भएको छैन । स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌बाट स्वीकृति लिनुपर्ने हुन्छ । तर स्वीकृतिबिना नै सम्झौता हुनुले सरोकारवाला निकाय नै आश्चर्यमा परेका छन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले त्यो सहमतिले कानुनी हैसियत नराख्ने बताए । ‘यो सम्झौताले कानुनी हैसियत राख्दैन ।  हामीकहाँ जुन दिन आउँछ, त्यो दिन हेर्छौं  । भ्याक्सिन त्यतिकै आउँदैन । विधि र प्रक्रिया छ । सबै प्रक्रिया पूरा नगरी भ्याक्सिन ल्याउन मिल्दैन । अहिलेको यो प्रचार मात्र हो, ठूलो कुरा होइन,’ उनले भने ।

सम्बन्धित समाचार

पानी परेपछि रोकियो नेपाल – भारतको खेल, कटायो नेपालले १७७ रन

विराटनगर । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १७७ रन पूरा गरेको छ । नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ३८ रनमा खेल्दैछन्...

कालापानी सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्रको गस्ती 

काठमाडौं, ७ असार-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर...

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मुग्लिन, २८ असोज-मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको...

अब भारतसँग वार्ता अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ३१ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसंगको वार्ता अघि बढाउने बताएका छन । उनले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा  समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन...

इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही...

प्रदेश १ः सत्तापक्षकै सांसदले भने—विकास निर्माणका काम अत्यन्त महंगो भयो, छानविन गरौँ

विराटनगर, २४ साउन । प्रदेश १ सरकारले थालेका विकास निर्माण कार्यको लागत अत्यन्त महंगो भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् । आइतबार प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको २४ औँ बैठकको शुन्य समयमा बोल्दै नेकपा...

एक सातामा विदेशमा २८ नेपालीको मृत्यु

काठमाडौं, १८ साउन-विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका ७ दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा १ जनाले ज्यान गुमाएका हुन् ।  ...

प्रदेश १ मा बुधबार १ सय ३३ संक्रमित थपिए

विराटनगर, ३१ भदौ–प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्