कोरोनाबाट काठमाडौंका २० वर्षीय पुरुषसहित आठ जनाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट काठमाडौंका २० वर्षीय पुरुषसहित आठ जनाको मृत्यु

काठमाडौं, १० असोज-पछिल्लो २४ घण्टाको अवधिमा आठ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंका दुई पुरुषसहित आठ संक्रमितको निधन भएको हो ।

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा चार पुरुष संक्रमितको निधन भएको छ । काठमाडौंका २० र ७४, भक्तपुरका ८८ र ललितपुरका ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । त्यस्तै, सप्तरीका ६३, मकवानपुरका ७४, रूपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुष संक्रमितको निधन भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ४६७ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६५ प्रतिशत रहेको छ ।

आज देशभर २५१ जना भे‍न्टिलेटर र आईसीयूमा उपचाररत छन् । २२४ जना आईसीयूमा र २७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ । मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रूपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला भने संक्रमण शून्यमा झरेको छ ।

आज देशभर १० हजार १९ जनाको परीक्षण गर्दा १ हजार २ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ हजार १ सय ४७ जना डिस्चार्ज भएका छन् ।

आजसम्म ९ लाख ७८ हजार २ सय ४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७१ हजार ८ सय २१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ५३ हजार १३ संक्रमित निको भएका छन् भने १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई पाँचौ पटक खाद्यान्न हस्तान्तरण

विराटनगर, २८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच पाँचौ पटक मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा...

कोरोना महामारीले कबुल गरिएका कतिपय काम सम्पन्न भएन:प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विकास निर्माणका कामले सोचे जस्तो गति नलिएको बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा शनिबार टुँडिखेलबाट देशबासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीले...

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...

लकडाउन पुनः १ साता थपिँदै

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने जनाएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ । लकडाउन बढ्नसक्ने भन्दै...

१०३ घर परिवारलाई एउटै मात्र धारो !

गलेश्वर,२८ असोज-देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने

काठमाडौं, १२ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्