कोरोना संक्रमणबाट सप्तरीका थप एक जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट सप्तरीका थप एक जनाको मृत्यु

विराटनगर, १० असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान १ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

विराट मेडिकल कलेज मोरङबाट रिफर भएर असोज ८ गते प्रतिष्ठानमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रेफर गरिएको थियो । प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा ८ गते नै उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । बिरामीमा पुरोनो दिर्घरोग भने कुनै नभएको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित समाचार

कारमा राखेर २० किलो चाँदी काठमाडौं लैजाने विराटनगरका दुई युवा पक्राउ

विराटनगर । २० किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगरबाट अवैध रुपमा काठमाडौं लैजाँदै गरेको २० केजी चाँदीसहित सिन्धुली प्रहरीले आज विराटनगरका दुई जनालाई पक्राउ गरेको हो । ०१–०२५ च १०६९ नं...

इप्रका रंगेलीलाई सफलता, गोदाम छापा हानेर तस्करीको चप्पल बरामद

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा...

डिएभी स्कुलले भव्य मनायो ‘ग्य्राण्ड’ अभिभावक दिवस

विराटनगर । विराटनगर महानगरपालिका १३ मा रहेको डिएभी स्कुलले भव्य कार्यक्रम आयोजना गरी ग्य्राण्ड अभिभावक दिवस मनाएको छ ।स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । ग्य्राण्ड अभिभावक दिवससँगै स्कुल परिसरमा...

कोशी सांस्कृतिक प्रतिष्ठानले गर्यो विराटनगरमा बृहत सांस्कृतिक कार्यक्रम

विराटनगर, १५ फागुन । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले विराटनगर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले सहिद सप्ताहको सन्दर्भ पारेर कार्यक्रम गरेको हो । सो अवसरमा विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा कार्यक्रम आयोजना गरिएको...

प्रदेश १ः सांसद न्यौपानेले भने–यो सरकारले धराहरा पनि भत्काउने, रानी पोखरी भत्काउने र सगरमाथाको उचाई घटाउने हो ?

विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी...

विराटनगरमा आइतबार राती थप एक संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । आईतबार कोरोना पुष्टि भएपछि घरमै...

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस सार्वजनिक

विराटनगर । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्वा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यस अघि टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युव...

प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

विराटनगर, ३ पुस । प्रदेश १ सरकारले नौ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्