प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए

विराटनगर, ६ असोज-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २ ,जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ ।

प्रदेश १ मा आज ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघ आईसोलेसन ताप्लेजुङबाट ३, होमआईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १७ हजार ८८८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र सत्यनारायण स्कुल सेमिमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर...

कोरोनाबाट आमाको मृत्युपछि अस्पतालमा ९ दिने शिशु

काठमाडौं, ३ जेठ-सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाले २४ वैशाखमा प्रसब पीडालाई जितेर त्रिवि शिक्षण अस्पतालमा सामान्य रुपमा बच्चालाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर घर गएकी उनी घर पुगेपछि बिरामी परिन् । स्थानीय अस्पतालमा...

धनुषामा दुई नाबालक छोराको हत्यापछि महिलाले गरिन् आत्महत्या

धनुषामा आफ्ना दुई सन्तानको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन् । नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको हत्यापछि आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी...

विराटनगरको हिमालय रोडमा महोत्सव रोक लगाउन माग, व्यवसायीले बुझाए मेयरलाई ज्ञापनपत्र

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन...

लागुऔषधसहित १ जना पक्राउ

विराटनगर, फागुन १२–उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्ताबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लहानबाट गाईघाटतर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय मोहम्मद काबिरको...

प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

काठमाडौं, बैशाख ३०-संघीय संसदको प्रतिनिधिसभामा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाइएको छ । आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नभएपछि सांसदहरूले विरोध जनाएका हुन् । संघीय संसदमा प्रि बजेट छलफलमा...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई...

प्रदेश १ मा शनिबार संक्रमित थपिने भन्दा डिस्चार्ज हुने बढी

विराटनगर ३ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा चार र प्रदेश एक बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्