विराटनगरमा प्रदेशसभाको आफ्नै भवन निर्माण कार्य सुरु

 न्यूज विराट
विराटनगरमा प्रदेशसभाको आफ्नै भवन निर्माण कार्य सुरु

विराटनगर, १ असोज–प्रदेशसभा गठन भएको झण्डै अढाई वर्षपछि प्रदेश १ प्रदेशसभाले आफ्नै भवन निर्माण कार्य सुरु गरेको छ । बिहीबार साविकको जिल्ला समन्वय समिति परिसरमै प्रदेशसभाको नयाँ भवनको शिलान्यास गरिएसँगै प्रदेशसभाको भवन निर्माण कार्य सुरु भएको हो।

जिल्ला समन्वय समितिको साँघुरो भवनमा बैठक सञ्चालन हुँदै आएको प्रदेशसभाको अब बस्ने सातौैं बैठक नयाँ सुविधासम्पन्न भवनमा सञ्चालन हुने भएको छ । योसँगै प्रदेशसभालाई इटहरी वा अन्यत्र सार्ने प्रयत्न पनि अन्त्य भएको छ । दुई वर्ष अगाडि सोहि स्थानमा भवन निर्माणको तयारी भएकोमा सांसदहरुले हस्ताक्षर संकलन गरि विरोध जनाएपछि काम रोकिएको थियो ।

प्रदेश १ को स्थायी राजधानी तोक्दा विराटनगर भएपनि राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासको क्षेत्रमा रहने उल्लेख गरिएको थियो । जसको कारण प्रदेशका संरचना विराटनगर रहने कि नरहने निश्चित थिएन । प्रदेशका मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभा इहटरी सार्न खोजेको आरोप लागिरहेको थियो ।

प्रदेशसभाका सांसदहरुले पनि राजधानी विराटनगर भएपनि संरचना अन्यत्र बन्ने बताउँदै आएकोमा प्रदेशसभा भवन शिलान्यास भएको हो । प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ बजेटमध्ये २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ लागतमा निर्माण हुने भवन शिलान्यास भएको हो ।

भवन शिलान्याससँगै प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभा कुन ठाउँमा रहन्छ भन्ने विवाद अन्त्य भएको बताए । बैठक सञ्चालन गर्न अहिलेको हल साँघुरो हुँदा समस्या भइरहेकोमा भवन निर्माणपछि सहज हुने उनको बताए । प्रदेश सरकारले आफ्नो लगानीमा प्रदेश सरकारका लागि पहिलो पटक भौतिक संरचना निर्माण थालेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

सम्बन्धित समाचार

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र अरनिको स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भई फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको...

प्रेस काउन्सिलका चार कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, २ कात्तिक-प्रेस काउन्सिल नेपालका वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । चार कर्मचारीमा कोरोना पुष्टिका साथै कर्मचारी पनि बिरामी पर्न थालेपछि काउन्सिलले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ । ३...

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं, १० साउन-आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले...

हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे...

कोरोनाका कारण बन्द रसुवागढी नाका सञ्चालनको तयारी 

रसुवा, १२ असार-कोभिड-१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन २ देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा...

नेपाल चिकित्सक संघ कोशीको निर्वाचन सुरू, भोलि बेलुकादेखि मतगणना हुने

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक...

उपचारका क्रममा मृत्यु भएका युवकको पीसीआर नेगेटिभ

चितवन, २४ जेठ-चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडी नगरपालिका-६ का २७ वर्षीय युवकको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । माडीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्