झण्डै ६ महिनादेखि थन्किएका सवारी साधन आजदेखि सञ्चालनमा आउँदै

 न्यूज विराट
झण्डै ६ महिनादेखि थन्किएका सवारी साधन आजदेखि सञ्चालनमा आउँदै

काठमाडौं,  १ असोज-झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो दुरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतमा देशव्यापी लकडाउन गरिएपछि यातायात सेवा ठप्प थियो । 

६ महिना लामो समयमपछि सरकारले नै लामो र मध्यम दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि आजदेखि सञ्चालनमा आउने भएका हुन् । यातायात व्यवसायीले पनि लामो र मध्यम दुरीका सवारी सञ्चालनका लागि तयारी भइसकेको बताएका छन् ।  यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ ।

यसअघि बुधबार नै एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

कार्यदलले बुधबार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रीपरिषद्मा लगेकोमा धन्यवाद दिएको थियो ।

मन्त्री नेम्वाङलले आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताए । उनले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गरेका छन् ।

मन्त्री नेम्वाङले यससम्बन्धी तयारीको जिम्मेवारी यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमाललाई दिएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बस चलेपछि यात्रुलाई कहाँ खाना, खाजा खुवाउनेलगायतका विषयमा अहिलेसम्म जानकारी नगराएको बताए ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले १ असोजदेखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

सम्बन्धित समाचार

बाल गृहका बालवालिकालाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख २७–उर्लाबारी नगरपालिका– ७ स्थित महिला विकास तथा बालबालिका चेतना केन्द्र द्वारा सञ्चालित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्य वितरण गरिएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ साउन-आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।...

एमालेमा १० बुँदे कार्यान्वयन शुरू, १४ औं भनेर बोलाइएको बैठक दशौंमा परिणत

नेकपा एमालेले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय...

तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो...

नेप्से २५ अंकले घट्दा सेयरमा सर्किट ब्रेक

काठमाडौं,३० वैशाख  -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ ।  नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...

बैंकर्स संघका अध्यक्ष दाहालप्रती पूर्वका उद्योगी व्यवसायी आक्रोशित

विराटनगर, बैशाख २१-नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।...

सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा दाहाल, लेखा संयोजकमा अविनाश निधी

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा पत्रकार दिपक दाहाल सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बुधबार भएको सहकारीको ११ औँ साधारण सभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा महाप्रसाद...

सीमानाकाबाट नेपाल भित्रिने सबैको कोरोना परीक्षण गराउन मन्त्रालयको आग्रह

काठमाडौं, १७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरूलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्