मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौं दुई महिला, काभ्रेपलाञ्चोक महिला र पुरुष एक/एक र बारामा एक महिला संक्रमितको निधन भएको छ । सुनसरी, सप्तरी र कास्कीका एक/एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६५ प्रतिशत रहेको छ ।
आज देशभर १ सय ९९ जनाको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये १ सय ७४ जना आइसीयूमा र २८ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।
मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रूपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मनाङ, डोल्पा र हुम्ला भने संक्रमण शून्यमा झरेको छ ।