स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

 न्यूज विराट
स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

काठमाडौं,  ३१ भदौ-पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत १० चैतदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि) असोजदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् । 

टुरिष्ट बस एशोसिएशन अफ नेपाल ९टिवान० का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

 झण्डै ६ महिनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको हो ।  सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेको उनको भनाइ छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । कोभिड–१९ का कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बससेवा सञ्चालन गर्न लागेको अध्यक्ष शर्माले बताए ।

हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा झण्डै १ सय पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् ।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

टिवानका महासचिव दीपेन्द्र अधिकारीले सरकारले पर्यटक बससेवालाई प्राथमिकता दिन नसकेको बताए । केही दिनपहिला नेपाल पर्वतारोहण सङ्घ ९एनएमए०ले गरेको भर्चुअल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

 मन्त्री भट्टराईले पर्यटक बसपार्क निर्माणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै ३ हजारदेखि ४ हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्‍याउँदै आएको छ । रासस

सम्बन्धित समाचार

मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा...

विराटनगरमा मोटरसाइकलमा आएका तीन युवाले यसरी हाने तरबार, एक जना युवा घाइते

विराटनगर । तीन जना युवाले विराटनगरको व्यस्त बजारमा एक जना युवालाई दिनदहाडै तरबार प्रहार गरेका छन् । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिममाथि तरबार प्रहार गरेका हुन्...

छुरा प्रहार गरि साथीको हत्या आरोपमा ३ जना पक्राउ

विराटनगर, जेठ २०–सुनसरीको इटहरी २० तरहराका एक युवाको हत्या गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तरहराका २८ वर्षीय राजन राईको हत्या गरि फरार रहेका तीन जनलाई...

भोलिदेखि १ साता भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका १ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले यो निर्णय गरेको हो । भोलि बिहान १० बजेबाट १ साताका लागि दुवै देशतर्फका नाका...

पूर्व राज्यमन्त्री अपहरण गरिएको समाजवादी पार्टीको आरोप

काठमाडौं, १० वैशाख-समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो केन्द्रीय सदस्य अपहण गरेको आरोप लगाएको छ ।समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सूचना संञ्चार विभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्वीट गदै साँझ ५बजे...

उच्च शिक्षा अध्ययनका लागि दुई छात्रालाई छात्रबृत्ति

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउने जेहेन्दार छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययनका लागि क्लबले दुई जना छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको हो । छात्राहरुलाई अध्ययनमा सहयोग भनेर दुई जनालाई...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइनलमा

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

विराटनगर, २२ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्