मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौं उपत्यका थप पाँच जनाको निधन भएको छ । काठमाडौंमा एक महिला र दुई पुरुष र भक्तपुरमा दुई पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । त्यस्तै पर्सा र तनहुँमा एक/एक महिला र सुनसरी, चितवन, स्याङ्जा, गोरखा, कास्की र रूपन्देहीमा एक/एक पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशभर १६० जना आईसीयूमा र २४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ । सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रूपन्देही जिल्लामा ६ सयभन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगुमा भने संक्रमण शून्यमा झरेको छ ।