रोटरीले वितरण गर्यो स्वास्थ्य सामाग्री र खाद्यान्न

 न्यूज विराट
रोटरीले वितरण गर्यो स्वास्थ्य सामाग्री र खाद्यान्न

विराटनगर, २५भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले स्वास्थ्य सामाग्री र राहतवितरण गरेको छ । सुनसरीको बर्जु गाउँपालिकामा मास्क, रोग प्रतिरोधात्कम क्षमता बृद्धि गर्ने होमियो प्याथिक औषधी र विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम गर्दै आएको र शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमासमेत योगदान पुर्याउँदै आएको सो क्लबले एक कार्यक्रमकाबीच स्थानिय रोटरी कम्युनिटी कप्सका संयोजक पुष्पराज चौधरीलाई स्थानीयवासीलाई वितरण गर्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्थानीयलाई वितरण गर्न क्लबकी अध्यक्ष दिप्ती अग्रवाल, सचिव गिरिजा सारडालगायतले संयोजक चौधरीलाई ५ सय थान मास्क, होमियोप्याथिक औषधी हस्तान्तरण गरेका थिए । त्यसैगरी क्लबले निषेधज्ञाका कारण काम गर्न नपाएर हातमुख जोर्न समेत समस्यामा परेका ५० परिवारलाई खाद्यान्न समेत वितरण गरेको छ ।

क्लबकी सचिव गिरिजा सारडाले दैनिक ज्यालादारी काम गर्दै आएका परिवारमा ५ जना भएका ५० परिवार(२५० जना) लाई खाद्यान्न वितरण गरिएको जानकारी दिइन् । सो परिमाणको खाद्यान्न प्रत्येक महिना फरक–फरक ठाउँमा वितरण गर्दै आएको सारडाले बताइन् ।

यस अघि केही दिन अघि मात्र क्लबले विभिन्न निकायलाई १० हजार थान मास्क, बखरी प्रहरी चौकमीमा कार्यरत प्रहरीका लागि १५ सेट मास्क, स्यानिटाइजर, फेस शिल्ड र बखरीका स्थानीयलाई ५ सय थान मास्क र स्यानिटाइजर वितरण गरेको थियो । त्यसैगरी विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका आश्रित जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडासमेत वितरण गरेको थियो ।

सम्बन्धित समाचार

स्वबियू निर्वाचन : महेन्द्र मोरङ क्याम्पसको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरिएको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा स्ववियू सभापतिका उम्मेद्वार योगराज दाहाल, आयुश दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह, केन्द्रीय सदस्य...

विराटनगर महानगरको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सुरु

विराटनगर, २७ असार । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । शनिबार सम्पन्न १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा...

पहिलो टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

एजेन्सी, १४ असोज-अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ । नेपाली समय अनुसार बुधबार बिहान...

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

अनेरास्ववियु प्रदेश नं. १ को कार्यालय उद्घाटन

विराटनगर, २५ असोज । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुल प्रदेश नं. १ मा कार्यालय खोलेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विराटनगरमा स्थापना गरिएको प्रदेश कार्यालयको आज उद्घाटन गरिन् । कार्यालयको उद्घाटनपछि शुभकामना आदानप्रदान...

विराटनगरबाट ४० लाख मूल्य बराबरको सामान बरामद

विराटनगर, १९ जेठ । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान...

भ्यालेनटाईन डे’ मा विराटनगरमा सविन राईको सांगीतिक साझ हुने

विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवस विराटनगरमा सविन राईको संगीतमय साँझ हुने भएको छ । विराटनगरका संगीत प्रेमीहरुको लागि अहिलेका युवा पुस्तामा निक्कै रुचाइएका गायक सविन राई एण्ड ‘फारोह’ व्याण्डले प्रेम दिवसमा संगीतमय बनाउने...

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान आग्रह आग्रह

काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्