कोरोना संक्रमणबाट चितवनमा थप एकको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवन,  २५ भदौ-चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

श्वासप्रश्वास समस्या देखिएपछि २० भदौमा अस्पतालमा भर्ना भएका उनको २२ भदौमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । मृत्युहुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एकए/क जना रहेका छन् । रासस

सम्बन्धित समाचार

विराटनगरमा मातृभूमि महोत्सव, बुधबार इन्जिला रेग्मी र पृति पासवान आउँदै

विराटनगर। विराटनगर – २ शंकरपुरमा जारी मातृभूमि नेपाल महोत्सवमा बुधबार राष्ट्रिय स्तरका चर्चित कलाकारहरु प्रस्तुत हुने भएका छन्। आयोजक समितिका बिक्की भगतका अनुसार बुधबार महोत्सवमा चर्चित गायिकाद्वय इन्जिला रेग्मी र पृति पासवानले आफ्नो प्रस्तुति दिने...

कक्षा १२ को परीक्षामा मेरील्याण्डको फेरी पनि सर्वोत्कृष्ट नतिजा, ५६ जना विद्यार्थीले ल्याए ‘ए’ प्लस

विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको परीक्षामा...

सरकारले दियो निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

काठमाडौं, १६ पुस । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक...

भ्रष्टाचार गर्ने जो कोहीले उन्मुक्ति पाउँदैनन् भन्ने कुरा स्थापित भयो : राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ-सरकारले भष्टाचार गर्ने जो कोहीले उन्मुक्ति नपाउने कुरा स्थापित गरेको दाबी गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भष्टाचारजन्य कार्य गर्ने जोकोही कारबाहीमा परेको बताएकी हुन्...

ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत...

कर्तब्य ज्यान मुद्दामा माफि पाएका अभियुक्तबाट मारिए उर्लाबारीका कुशल, थप दुई जना फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ...

महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरको वडाहरूमा धमाधम समिति गठन गर्न सुरु गरेको छ । शनिबार विराटनगर–१० मा कार्य समिति गठन गरेको छ । सज्जन साहको अध्यक्षतामा समाजले १९ सदस्यीय कार्य समिति गठन गरेको...

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ सञ्चालन गर्दै सेना

काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्