भारतमा लगातार दोस्रो दिन ८३ हजारबढी संक्रमित

 न्यूज विराट
भारतमा लगातार दोस्रो दिन ८३ हजारबढी संक्रमित

एजेन्सी, १९ भदौ=भारतमा लगातार दोस्रो दिन ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८३ हजार ३४१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यसैगरी सोही समयमा १ हजार ९६ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ३६ हजारभन्दा बढी भइसकेको छ भने ६८ हजार ४७२ जनाको मृत्यु भएको छ ।

 भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ८ लाख ३१ हजारभन्दा बडी छ भने ३० लाख ३७ हजार कोरोना संक्रमित निको भएका छन् ।

कोरोना भाइरसका कारण अत्यधिक नागरिकको मृत्यु हुने देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा ६१ लाख ५० हजार भन्दा बढी संक्रमित रहेका छ भने १ लाख ८६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

दोस्रो स्थानमा ब्राजील रहेको छ । ब्राजीलमा ४० लाखभन्दा बढी कोरोना संक्रमित भइरहेका छन् भने १ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार ६ सय ५९ पुग्यो

विराटनगर, ७ भदौ–प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...

छिमेकी देशसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गरिने बताएका छन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश नहोस् भन्दै उच्च सतर्कता अपनाएको समेत बताए । पहिलो प्राथमिकता नेपालमा कोरोना संक्रमणलाई प्रवेश नहोस्...

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौं, ५ मंसिर-औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा...

नागरिकका अधिकारको संरक्षणका लागि न्यायपालिकाको भूमिका महत्वपूर्णः प्रधानन्यायाधीश जबरा

काठमाडौं, २६ वैशाख-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुन दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्दै कामना गरेका छन् । उनले आज शुभकामना सन्देश...

प्रदेश १ मा २३ जना आइसोलेसनमा

मोरङ, ८ वैशाख-कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पीसीआर विधिबाट ३८७ जना स्वाब र...

प्रदेश १ मा आज संक्रमित भन्दा निको हुने बढी, ६ जनाको मृत्यु

विराटनगर, १३ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रचण्डलाई काम गर्न नदिएर विवाद निम्तिएको होः सांसद मण्डल

विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्