सुनसरीमा कोरोना सक्रमितको संख्या ४ सय ८५ पुग्यो

 न्यूज विराट
सुनसरीमा कोरोना सक्रमितको संख्या ४ सय ८५ पुग्यो

विराटनगर, ९ भदौ–सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहाक्षेत्र नगरपालिकाका ३ जना छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार इनरुवा नगरपालिका ३ जना, इटहरीका ५ जना र धरान उपमहानगरपालिकाका ३ जना जनामा पनि कोरोना देखिएको छ ।

मधेशाका २ मध्ये एक अढाई महिने बालिकामा समेत कोरोना संक्रमण देखा परेको छ । स्वास्थ्य शाखा इनरुवाका अधिकृत सन्तोष देवका अनुसार मधेशा ६ बाट स्वाब संकलन गरिएका अझै ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

योसँगै सुनसरीमा कोरोना संक्र्रमितको संख्या ४८५ पुगेको छ । जसमध्ये २०६ जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

विराटनगरको दक्षिणी क्षेत्र डुबानमा

विराटनगर, असार २८–केहिदिनयता परेको लगातारको बर्षापछि विराटनगरको दक्षिणीक्षेत्र जलमग्न भएको छ । केशलिया खोलाले धार परिर्वतनगरि बस्ती प्रवेश गरेपछि सो क्षेत्र जलमग्न भएको हो । लगाताको बर्षापछि केशलिया खोलाको जलस्तर बढ्दै गएर बस्ती प्रवेश गरेपछि...

घुसपैठ गर्न आएको अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

एजेन्सी, जेठ १७-चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको...

दुई जनाको दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति शुक्रबार मात्रै गर्ने

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति भोलि शुक्रबार प्रदेश प्रमुख पशुराम खापुङ्गले गर्ने भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि अपरान्ह ५ बजेसम्मको छ।...

भैँसेपाटीमा प्रचण्ड र वामदेवबीच १ घण्टा छलफल

काठमाडाैं, २० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रचण्डले छलफल गरेका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणी...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई सोधेः नेपाली भूमिमा किन बाटो बनाएको ?

काठमाडौं, २९ वैशाख-सरकारले लिपुलेकमा नेपाली भूमि मिचेर बाटो बनाएको बिषयमा भारतसँग संवाद थालेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रासँग लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले...

गतहप्ता मर्ज भएको लेटाङको जनाचाहाना सहकारीको कारोवार सुरु

विराटनगर, १२ माघ । गत हप्ता मात्र एकीकृत भएको मोरङको लेटाङ नगरपालिकामा रहेको जनाचाहाना बचत तथा ऋण सहकारी संस्थाले आजबाट एक कार्यक्रमका बिच औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथी विघटित प्रतिनिधी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्