ओली-प्रचण्डबीचकाे छलफल सुरु

 न्यूज विराट
ओली-प्रचण्डबीचकाे छलफल सुरु

काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे ।

३० साउनमा गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रतिवेदनबारे २अध्यक्षबीच छलफल भएपछि सचिवालय बैठक बस्ने बताइएको छ । प्रतिवेदनमाथि सचिवालयमा छलफल भएर स्थायी कमिटी बैठकमा छलफलसहित अनुमोदनका लागि लैजाने तयारी छ ।

कार्यदलले मध्यमार्गी बाटोसहितको प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र पार्टी कामलाई पनि विधिपूर्वक सञ्चालन गर्दैजाने सुझाव प्रतिवेदनमा रहेको कार्यदलका सदस्यहरूले बताएका छन् ।

८ दिन लगाएर तयार गरेको प्रतिवेदनमा यसअघि केन्द्रीय कमिटी बैठकले तय गरेको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्नुपर्ने सुझाव दिएको छ ।

त्यस्तै, सरकारको कामकाजलाई प्रभावकारी बनाउनुपर्ने, त्यसका लागि पार्टीको परामर्शमा सरकारले काम गर्नुपर्ने, पार्टीका कुनै नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यकाल भरी राजीनामा माग्न नहुनेसमेत सुझाव दिएको छ ।

सम्बन्धित समाचार

मोरङ प्रहरीलाई सफलता : लखेटेर १५५ केजी गाँजासहित दुई कारोबारी पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरीले मोरङको जहदा गाउँपालिकाको सीमावत्र्ती क्षेत्रदेखिले गाँजा बोक्ने स्कारपियोसँगै दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको...

पत्रकार रजकको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध विराटनगरमा पनि प्रदर्शन

विराटनगर । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार, राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको...

कोशी सरकार गठन विरुद्धको रिटमा सुनुवाई  सकियो, रिट ‘हेर्दाहेर्दै’मा

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्तीका विषयमा सर्वाेच्चमा परेको रिटको  सुनुवाइ सकिएको छ । बुधबार  बहस  सकिएको हो । मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।  दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...

पत्रकार दासलाई कुटपिट गर्ने दुई जना पक्राउ, ज्यान मार्ने उद्योगमा म्याद थप

विराटनगर । मोरङको उर्लाबारीका पत्रकार पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, पहिलो खेलमा युनाईटेड भेट्रान्स क्लब क्वाटरफाइनलमा

विराटनगर । युनाईटेड भेट्रान्स क्लब विराटनगर १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा दुहबी भेट्रान्स क्लब दुहबीलाई १–० गोलले हराउँदै...

प्रेस सेन्टर मोरङका अध्यक्ष नवीन कर्ण पुरस्कृत

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङका सक्रिय पत्रकार नवीन कर्ण ‘हरिनारायण–विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कर्णलाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जंगबीर गुभाजू श्रेष्ठ प्रतिष्ठानले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । अर्जुनधाराको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्