प्रदेश १ मा आज ६४ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा आज ६४ संक्रमित थपिए

विराटनगर, ८ भदौ–प्रदेश १ मा सोमबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो । मोरङका २९, सुनसरीका १९, झापाका ५, धनकुटाका २, संखुवासभाका एक र प्रदेश १ बाहिरका ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को राजधानी विराटनगरमा मात्र सोमबार १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी मोरङकै सुन्दरहरैचामा एक महिला दुई पुरुष, बेलबारीमा एक महिला एक पुरुष र जहदाका एक पुरुषमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । झापाको बाह्रदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १÷१ पुरुषको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १÷१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सोमबार १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

होलीमा मर्यादा उल्लंघन गरेको आरोपमा मोरङमा ६६ जना प्रहरी नियन्त्रणमा

विराटनगर । होली पर्व मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने ६६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार होली खेल्ने क्रममा अवाञ्छित गतिविधि गरेको पाइएपछि मोरङबाट ६६ जनलाई शुक्रबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...

प्रदेश १ मा आज २६ सयको परिक्षण गर्दा ४९८ जनामा कोरोना

विराटनगर, २२ कात्तिक-प्रदेश १ मा शनिबार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु,...

कटहरी गाउँपालिकाद्धारा ट्राफिक प्रहरीलाई व्रेथलाइजर मेशिन हस्तान्तरण

विराटनगर । मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई आज एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन मापसे चेकजाचमा प्रयोग हुने व्रथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो ।गाउपालिकामा एक कार्यक्रमको आयोजना गरि...

आजदेखि विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने

विराटनगर । अब विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो ।...

पाँचौ मिल्स गोल्डकप , प्रहरीलाई स्तब्ध बनाउँदै पेमा स्पोर्टिङ्ग क्लब सेमिफाइलनमा

विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश प्रहरी...

एक कार्यालयबाट मात्र इजाजत दिन निर्माण व्यवसायीको माग

विराटनगर । निर्माण व्यवसायीहरुले एक कार्यालयबाट मात्र इजाजत दिन सरकारसँग माग राखेका छन् । अहिले निर्माण इजाजत गाउँपालिका स्तर बाट सोझै दिने व्यवस्था गरिएको छ । जसले गर्दा यसरी बाडिएका इजाजतहरूको रेकर्ड समेत जिल्ला संघहरू...

दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा चिकित्सक पक्राउ

विराटनगर । एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार...

जाडोमा यसरी दाँतको ख्याल गर्ने

डा. सुधीर श्रेष्ठ चिसो बढ्दै जाँदा स्वास्थ्य समस्याहरु पनि देखिन थाल्छन् । गर्मी होस् वा जाडो, मौसमअनुसार मानिसको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।मानिसमा देखिने अनेक स्वास्थ्य समस्यामध्ये एक हो– दाँतको दुखाइ । विभिन्न कारणले दाँत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्