सीपीएल : सन्दीपले २ विकेट लिएको खेलमा जमैका पराजित

 न्यूज विराट
सीपीएल : सन्दीपले २ विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं, ७ भदौ-वेष्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा अन्तगर्त गयना अमेजन वारियर्सविरुद्ध नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज १४ रनले पराजित भएको छ ।

गएराति भएको खेलमा वारियर्सले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन मात्र जोड्न सक्यो ।

उसका लागि विस्फोटक ब्याट्सम्यान आन्द्रे रसेलले ५ छक्का र ४ चौकासहित ३७ बलमा अविजित ५२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा वारियर्स टिमका कप्तान क्रिस ग्रीनले सबैभन्दा बढी २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वारियर्सले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रन बनायो ।  उसका लागि ब्रेण्डन किंग्सले सर्बाधिक २९ रन बनाए । बलिङमा जमैका तल्लावाजका मुजीउर रहमान, कार्लोस ब्रार्थवेटले ३र३, आन्द्रे रसेलले १ र सन्दीप लामिछानेले ४ ओभरमा ८ रन दिएर २ विकेट लिए । जमैकाको यो लगातार तेस्रो हार हो । वारियर्सले भने ३ म्याच खेल्दा २ मा जित र १ खेल मात्र हार ब्यहोरेको छ ।

सम्बन्धित समाचार

नेपाल घरेलु तथा साना उद्योग महासंघ र सिटिजन बैंकबीच सम्झौता

विराटनगर, २८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबिच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबिच सम्झौता भएको हो । सम्झौता पत्रमा...

निगमले लागू गर्‍यो नयाँ सफ्वेयर

काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ ।  निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी...

विराटनगरस्थित नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह

विराटनगर, ९ माघ । विराटनगरस्थित नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आन्दोलनका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिदिन प्रशासनले आग्रह गरेको हो...

सामान बोक्न नेपाल एयरका २ जहाज आज चीन जाने

काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...

६५८८ को पीसीआर गर्दा आज ७७६ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८८ को पीसीआर गर्दा ७ सय ७६ जनामा कोरोना पुष्टि भएको हो । बुधबार पनि यही...

गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १८ झटियाई मुसरीमा टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर – १८ बस्ने १८ बर्षिय नन्दु...

अर्बौंको भुक्तानी रोकिएको भन्दै मोरङका निर्माण व्यवसायी आन्दोलित (भिडिओ)

विराटनगर । असार मसान्त भइसक्दा पनि निर्माण व्यवसायीहरूको अर्बौ भुक्तानी रोकिएको भन्दै मोरङका निमार्ण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारबाट म्याद थपको विषयमा भएको त्रुटीपूर्ण आदेशको विरोध गर्दै निमार्ण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले...

जिल्ला कारागार झापाका १० कैदीबन्दीमा कोरोना

झापा, ९ असोज-जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना संक्रमितमध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्