पीसीआर परिक्षणपछि सेनिटाइज गरेर आरती स्ट्रिप्स सञ्चालनमा

 न्यूज विराट
पीसीआर परिक्षणपछि सेनिटाइज गरेर आरती स्ट्रिप्स सञ्चालनमा

विराटनगर, ६ भदौ–मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । भारतीय मजदुरका कारण कोरोना संक्रमण फैलिएपछि बन्द भएको सो उद्योग शनिबारबाट पुनः सञ्चालनमा आएको हो ।

उद्योगमा कार्यरत ६०० बढि मजदुर र कर्मचारीको पिसिआर परीक्षण गरेपछि उद्योगलाई सेनिटाइज गरेर सञ्चालनमा ल्याएको उद्योगका प्रमुख सञ्जीव शर्माले जानकारी दिए ।

उद्योगमा कार्यरत सबैको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुलाई उद्योगले आफ्नै कम्पाउण्डमा आइसोलेसन बनाएर राखेको छ ।

लुकिछिपी आएका भारतीय कामदारका कारण उद्योगका २ मजदुरमा सुरुमा कोरोना देखिएको थियो । त्यसपछि उद्योग बन्द गरी मजदुरहरुलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा उद्योग सञ्चालन गर्दा अन्य मजदुरमा पनि कोरोना देखिएको थियो ।

मजदुरलाई कोरोना देखिएपछि उद्योगले आफ्नै खर्चमा सबै मजदुरको पिसिआर परीक्षण गराएको उद्योगका जनरल मेनेजर जीवन तिम्सिनाले जानकारी दिए । कोरोना परीक्षणपछि संक्रमितलाई आइसोलेशनमा राखेर अन्य मजदुरबाट आंशिक रुपमा उद्योग सञ्चालनमा आएको हो । उद्योगमा ७० प्रतिशत भारतीय मजदुरले काम गर्दै आएका छन् ।

सम्बन्धित समाचार

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

फरक क्षमता भएकाहरुलाई व्यवहारीक तालीमले जीवनयापनमा सहज हुने

विराटनगर,४ माघ । फरक क्षमता भएकाहरुका लागि दिएको तालीम उपयोगी हुनेका साथ सजह जीवनयापनमा सहयोग पुग्ने सरोकारबालाहरुले बताएका छन् । व्यवहारीक रुपमा उपलव्ध गराइएको तालीमले अपाङगता ऐन, अपाङगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्वन्धमा अविश्वमरणीय रहेको...

अनेरास्ववियु ओखलढुंगामा विवाद

नेकपा (एमाले) निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा व्यापक विवाद देखिएको छ । केन्द्रीय सचिव आरती भट्टराईले सर्कुलर विपरित गतिविधि गरेको भन्दै विवाद चुलिएको हो ।अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको सन्दर्भमा २३ औं राष्ट्रिय...

विराटनगरमा लागूऔषध सहित एक जना पक्राउ

विराटनगर, ७ असोज । बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन्  । हिजो बेलुका ५ बजे ईलाका प्रहरी...

अमेरिकन आइडलमा दिवेश भए दोस्रो

एजेन्सी, जेठ ५-अमेरिकन आइडलमा नेपाली मूलका (आर्थर गन) दिवेश पोख्रेल दोस्रो भएका छन् । आइडलको उपाधि भने जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम सामन्था डियाज हो । सोमबार बिहान भएको फिनालेमा उनी अन्तिम...

धरानबाट उडेको प्याराग्लाडीङ दुर्घटना

विराटनगर, १ कात्तिक । रानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी नदीमा दुर्घटना भएको छ । धरान–४ स्थित बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ उदयपुरको सप्तकोशी किनारास्थित लाहुरेखोँचमा दुर्घटना भएको हो । अचानक वर्षातसँगै आएको हावाहुरीले प्याराग्लाइडिङ उडाएर सप्तकोशीको लाहुरेखोँच...

क्रियाशील सदस्यता विवाद विधिसम्मत समाधान गर्न कांग्रेसका नेताको जोड

काठमाडौँ, २६ कात्तिक-नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यतालगायत बाँकी रहेका विवाद यथाशिघ्र विधिसम्मत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी एवं सदस्यहरुको आज यहाँ भएको बैठकले पार्टीको आसन्न...

विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध

विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्